सर्वोच्च अदालतले बलात्कारको अभियोगमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णराज गिरीलाई तारेखमा छाड्न अस्वीकार गरेको छ।
विराटनगर उच्च अदालतले गिरीलाई थुनामा राख्न गरेको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। आज सर्वोच्चकान्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालतलेदिएको आदेशलाई सदर गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्रराज ढकालले जानकारी दिए।
२२ असोजमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै गिरीको मुद्दामा ‘कैफियत’ प्रतिवेदन झिकाउन आदेश दिएको थियो । विराटनगर उच्चअदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासको आदेश अनुसार गिरी पुर्पक्षका लागि थुनामा छन्।उक्त आदेशविरुद्ध गिरीले सर्वोच्चमा निवेदन दिएका थिए।
सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–४ घर भई सुनसरीको बराहक्षेत्र–१, चतरा बस्ने गिरीमाथि उनकै एक अनुयायी महिलालाईबलात्कार गरेको अभियोग छ । ४ कात्तिक २०७६ मा बराहक्षेत्र–१ स्थित गुरुकुलमा भेट गर्न गएकी आफूलाई बलात्कार गरेको भन्दैपीडित महिलाले गिरी विरुद्ध ८ मंसीर २०७६ मा किटानी जाहेरी दिएकी थिइन्।
प्रहरीले १६ मंसीरमा पक्राउ गरी गिरी विरूद्ध १० पुसमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो। तर, जिल्ला न्यायाधीशराधाकृष्ण उप्रेतीले १४ पुसमा गिरीलाई तीन लाख धरौटीमा तारेखमा राख्न आदेश दिएका थिए। गिरीलाई ७ देखि १० वर्ष कैद सजाय रपीडितलाई क्षतिपूर्तिको माग गरिएको थियो।
१६ मंसीरमा पक्राउ परेपछि नै गिरी आफू मुटु रोगी भएको बहाना बनाई हिरासत छल्न अस्पताल बसेका थिए। जिल्ला अदालतको आदेशविरूद्ध सरकारी वकीलको कार्यालयले गिरीलाई थुनामै राख्नुपर्ने मागसहित र गिरीले आफूसँग रु. ३ लाख धरौटी माग्न नमिल्नेमागसहित उच्च अदालतमा निवेदन दिएका थिए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…