Categories: अपराध

बलात्कारको अभियोगमा थुनामा रहेका ‘सिद्धबाबा’लाई तारेखमा छाड्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले बलात्कारको अभियोगमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णराज गिरीलाई तारेखमा छाड्न अस्वीकार गरेको छ।

विराटनगर उच्च अदालतले गिरीलाई थुनामा राख्न गरेको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। आज सर्वोच्चकान्यायाधीशद्वय आनन्दमोहन भट्टराई प्रकाशकुमार ढुंगानाको इजलासले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालतलेदिएको आदेशलाई सदर गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्रराज ढकालले जानकारी दिए।

२२ असोजमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै गिरीको मुद्दामाकैफियतप्रतिवेदन झिकाउन आदेश दिएको थियो विराटनगर उच्चअदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ प्रेमराज कार्कीको संयुक्त इजलासको आदेश अनुसार गिरी पुर्पक्षका लागि थुनामा छन्।उक्त आदेशविरुद्ध गिरीले सर्वोच्चमा निवेदन दिएका थिए।

सोलुखुम्बुको दूधकौशिका गाउँपालिका घर भई सुनसरीको बराहक्षेत्र, चतरा बस्ने गिरीमाथि उनकै एक अनुयायी महिलालाईबलात्कार गरेको अभियोग कात्तिक २०७६ मा बराहक्षेत्र स्थित गुरुकुलमा भेट गर्न गएकी आफूलाई बलात्कार गरेको भन्दैपीडित महिलाले गिरी विरुद्ध मंसीर २०७६ मा किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीले १६ मंसीरमा पक्राउ गरी गिरी विरूद्ध १० पुसमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो। तर, जिल्ला न्यायाधीशराधाकृष्ण उप्रेतीले १४ पुसमा गिरीलाई तीन लाख धरौटीमा तारेखमा राख्न आदेश दिएका थिए। गिरीलाई देखि १० वर्ष कैद सजाय पीडितलाई क्षतिपूर्तिको माग गरिएको थियो।

१६ मंसीरमा पक्राउ परेपछि नै गिरी आफू मुटु रोगी भएको बहाना बनाई हिरासत छल्न अस्पताल बसेका थिए। जिल्ला अदालतको आदेशविरूद्ध सरकारी वकीलको कार्यालयले गिरीलाई थुनामै राख्नुपर्ने मागसहित गिरीले आफूसँग रु. लाख धरौटी माग्न नमिल्नेमागसहित उच्च अदालतमा निवेदन दिएका थिए।

  • तर, उच्च अदालतले धरौटीमा राख्ने जिल्ला अदालतको आदेश उल्टाउँदै गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।त्यस विरूद्ध गिरी सर्वोच्च अदालत आएका थिए सर्वोच्च अदालतको आजको आदेशसँगै गिरी जिल्ला अदालतबाट मुद्दाको अन्तिमटुङ्गो लागुन्जेल थुनामा बस्नुपर्नेछ।
sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago