बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि चक्कु आक्रमण, तीन ठाउँमा गम्भीर चोट

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि धारिलो हतियारले आक्रमण भएको छ।

फाइल फोटो

केही सिरियल, टेलिभिजन शो ‘उडान’, म्युजिक भिडियो ‘तु मिला’ र ‘होटल मिलन’ जस्ता चलचित्रमा अभिनय गरेकी माल्वीमाथि उनकै पुरानो साथीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्।

उनीमाथि सोमबार राति तीन पटकसम्म चक्कु आक्रमण भएको र उनको अहिले धीरूभाइ  अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतराबाहिर रहेको बताइएको छ। सुरुमा उनको पेटमा आक्रमण भएको र त्यसपछि आक्रमणकारीले उनको मुहारलाई निशाना बनाएको थियो। उनले आफ्नो मुहार छोप्ने क्रममा दुबै हातमा गम्भीर चोट लागेको बताइएको छ।
उक्त आक्रमण एकतर्फी प्रेमका कारण भएको प्रहरीले जनाए पनि त्यसबारे भने औपचारिक पुष्टि हुन बाँकी रहेको छ। माल्बीलाई लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका ती व्यक्तिले नै उनीमाथि आक्राण गरेको हुनसक्ने प्रहरीले जनाएको छ। यसबारे मुम्बई, वर्सोवा पुलिस थानामा उजुरी समेत दर्ता भएको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago