बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर घट्यो

काठमाडौँ, कार्तिक ११ । कोभिड १९ को प्रभावले बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर ह्वातै घटेको छ । चालु अर्थिक वर्षको दोस्रो महिनासम्म अर्थात भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर करिब सिंगल डिजिटको नजिक आाएको छ ।

भदौ मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर ७.८३ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन २०७२ पछिकै न्युन हो । गत अर्थिक वर्षको सोही अवधि अर्थात भदौ मसान्तमा वाणिज्य बैंकहरुको औसत आधारदर ९.५३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले कर्जाको माग नआउँदा निक्षेपको ब्याजदर घटाएको र जसले गर्दा बैंकहरुको लागत घटेसँगै कर्जाको भारित औसत ब्याजदर पनि घटेको देखिन्छ ।  भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.१८ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ५.६१ प्रतिशत रहेको छ । २०७६ असोज मसान्तमा कर्जाको भारित औसत ब्याजदर ११.९७ प्रतिशत र निक्षेपको भरित औसत ब्याजदर ६.८० प्रतिशत रहेको थियो ।

बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा त्यसको प्रत्यक्ष मारमा निक्षेकर्ता परेका छन् । बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर नै मुद्रास्फीति भन्दा कम रहेको छ । सामान्यत: निक्षेपकर्ताले पाउने वास्तविक ब्याजदर बचतमा हुनेपर्ने बताइन्छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्ट पनि निक्षेपको वास्तविक ब्याजदर बचतमा हुनुपर्ने बताउँछन् ।

निक्षेपको ब्याजदर र मुद्रास्फीति बीचको अन्तरलाई नै वास्तविक ब्याजदर भन्‍ने गरिन्छ । चालु आर्थिक वर्षको भदौको मुद्रास्फीति निक्षेपको भारित औसत ब्याजदरभन्दा कम देखिए पनि बढ्दो क्रममा रहेको छ । साउनको उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेकोमा भदौमा बढेर ४.५२ प्रतिशत पुगेको छ ।

यता बैंकहरुले केन्द्रीय बैंकले तोकेको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) पनि कायम गरेका छैनन् । गत असार मसान्तमा कृषि विकास बैंकबाहेक सबै बैंकले राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको स्प्रेड रेट कायम गरेकोमा भदौ मसान्तमा बैंकहरुको औसत स्प्रेड रेट नै  ४.५७ प्रतिशत पुगेको छ ।

गत वर्षको तुलनामा बढाए बैंकहरुले निक्षेप कर्जा भने बढ्न सकेन

चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाले ०.५ प्रतिशतले निक्षेप बढाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक  वर्षको सोही अवधिमा निक्षेप ०.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८.७ प्रतिशतले बढेकोछ । २०७७ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.५ प्रतिशत, ३२.६ प्रतिशत र ५०.९ प्रतिशत रहेको छ ।

गत आार्थिक वर्षमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३२.५ प्रतिशत र ४८.३ प्रतिशत रहेको थियो । २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.२ प्रतिशत रहेको छ ।

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ०.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ९.८ प्रतिशतले मात्रै बढेको छ । यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा ०.५ प्रतिशत र विकास बैंकहरुको कर्जा प्रवाह १.२ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनीहरुको १.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.३ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले परियोजना कर्जामा जोड दिनुपर्ने बताइरहँदा बैंक तथा वित्तीय संस्थाले भने धितो कर्जालाई जोड दिएको देखिन्छ । जसले गर्दा गत वर्षको तुलनामा बैंकहरुको धितो कर्जाको प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

यातायात, सञ्‍चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.७ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा २.८ प्रतिशत र मार्जिन प्रकृति कर्जा ४.७ प्रतिशतले बढेको छ ।

यस्तै ओभरड्राफ्ट कर्जा १.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ७.९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago