कविकिरण न्यौपाने , जापान । नेपालमा मात्र होइन, विभिन्न कार्यका लागि जापान आएका नेपालीहरुमा पनि कोरोना संक्रमण बढिरहेको छ। जुन चिन्ताको विषय हो । कोरोना संक्रमण नरोकिएको जापानमा दिनै पिच्छे नेपालीहरुका भेला भएर गरिने कार्यक्रमहरु रोकिएनन् । जस्का कारण नेपालीहरु लाई धमाधम कोरोना संक्रमण हुन थाल्यो । त्यसपछि भेला गरिने कार्यकमहरु रोकिए पनि फाट्टफुट्ट फेरी गरिन थालेका छन् ।
करिव एक लाखको हाराहारीमा नेपालीहरु रहेको जापानमा दशैंमा भने केही सजकता अपनाएर दशैं मनाएको पाईयो । धेरैले दशैंको टिका लगाउँदा एकाघरका वाहेक मास्कको प्रयोग गरेको देख्न सकिन्थ्यो । एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी कोरोनाभाईरस संक्रमण पुष्टि भएर अहिले पूर्ण स्वास्थ्य लाभ गर्नुभएकाले उहाले पनि परिवार संगै दशैं मनाउन पाउनु भयो। त्यस्तै कोरोना संक्रमण भएका एनआरएनए जापानका प्रवक्ता एवं वाग्लुङ्ग समाज, जापानका निवर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठले पनि कोराना भाइसरलाई जित्नु भई दशैं मनाउनु भयो ।
यतिवेला जापानमा कोरोना संक्रमित भई धेरै नेपालीहरु स्वास्थ्य लाभ गर्ने क्रममा छन् । गत साता मात्र अध्ययनको सिलसिलामा एक कलेजमा आएका २३ विदेशी मध्ये २२ नेपाली विध्यार्थीलाई कोरोना भएको समाचारले सबैलाई चिन्तित बनाएको छ। त्यस्तै टोकियोको एक नेपाली रेष्टुरेन्टमा गएका दर्जनौं नेपालीहरुमा कोरोना संक्रमण फैलिएको खबरले अब सचेत नहुने हो भने स्थिति जटिल हुन सक्ने आकलन गर्न सकिन्छ। त्यस्तै नेपालबाट हालसालै जापान आएका नेपालीहरूमा एयरपोटमानै परिक्षणको क्रममा कोरोना देखिने क्रम पनि रोकिएको छैन्।
त्यस्तै जापानको एक नेपाली रेष्टुरेन्टबाट कोरोना संक्रमित भई एक नेपाली बाट सयौंको संख्यामा एक उद्योगमा काम गर्ने कामदारहरुमा कोरोना फैलिएको पछिल्लो घटनाले जापानले नेपालीहरु लाई हेर्ने नजर अवश्य राम्रो पक्कै हुदैंन ।
मानिसको सबै भन्दा ठूलो सम्पत्ती भनेकै स्वास्थ्य हो । स्वास्थ्य ठिक रह्यो भने रमाईलो गर्न , पैसा कमाउन त फेरि पनि सकि हाल्छौं। त्यसैले सबैले आफ्नो ख्याल गरौं। कोरोना वाट आफु पनि बचौं , अरुलाई पनि बचाऔं । यसपालि हामीले मास्क लगाएरनै देशैं मनाऔं । अझैं पनि घर बाहिर निस्कदा अवश्य मास्क लगाऔं र स्वास्थ्यका मापदण्ड पालना गरौं । अवश्य पनि अर्को दशैं हामीले मास्क रहित मनाउन पाउने छौं।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…