निःशुल्क गुर्जो वितरण अभियान रोकिएन दशैँका मुख्य दिनमा पनि

काठमाडौॅं,नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया धुलो वितरणमा जुट्नुभयोअभियानकर्मी कमलबहादुर राजलवट

दशैँको मुख्य दिन विजयादशमीका दिन समेत उहाँले कोरोना सङ्क्रमित भई घरमै आइसोलेसनमा बसी गुर्जोका सामग्री माग्नेलाईसम्बन्धित स्थानमै पुगेर वितरण गर्नुभएको अभियानकर्मी राजलवटले हालसम्म एक लाखभन्दा बढी गुर्जोका बिरुवा निःशुल्कवितरण गरिसक्नुभएको

फोटो फाईल

आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृत पदमा कार्यरत उहाँले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवाबनाई देशव्यापी रुपमा निःशुल्क वितरण गरिरहनुभएको मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जोकोबिरुवा लगायत यसबाट बनेका सामग्री माग गर्नेको सङ्ख्या पनि हाल दिनप्रतिदिन बढिरहेको

महानवमी विजयादशमीका दिन कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका ४५ जनालाई बिरुवा, चिया धुलो वितरणभएको यसैगरी गोकर्णेश्वर नगरपालिका सुगमनगरका स्थानीयवासीलाई ५०० वटा बिरुवा हस्तान्तरण गरिएको स्थानीयवासीले त्यहाँको सार्वजनिक जग्गाका साथै घर घरमा गुर्जोको बिरुवा रोप्ने प्रतिबद्धता जनाएका छन्

यसैगरी शङ्खपार्कमा १००, बनेपा बसपार्कमा ५००, सुनाकोठीमा ८००, सिभिल होममा १०० गुर्जोको बिरुवा पनि दशैँका मुख्य दुईदिनमा वितरण गरिएको गुर्जोको धुलो मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिक, माइग्रेसन, मौसमी रुघा खोकी लगायत रोगका लागि पनिऔषधीको काम गर्ने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्यले जानकारी दिनुभयो खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलोराखेर खाएमा तरो ताजा अनुभव हुने गरेको यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ

गर्भवती महिला पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउनु हुँदैन आयुर्वेद शास्त्रकोयस्य देशस्य यो जन्तोःतस्य तद् औषधं हितम्अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसारदेशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो

गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेकोजानकारी पनि अभियानकर्मी राजलवटले दिनुभएको माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया धुलोसमेत उपलब्ध गराउने गरेको उहाँको प्रतिबद्धता

देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेकाको मत राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजनाआयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाइअभियानकर्मी लगायतले गुर्जोको बिरुवा वितरण अभियानमा सहयोग गर्नुभएको जनाइएको

गुर्जोसँगै अमला, निम, तुलसीपत्र, समी, कपुर जस्ता औषधीय गुणले युक्त वनस्पति रोपणमा लाग्न पनि अभियानले आममानिसमा आह्वान गरेको

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago