विजयादशमीको दशौं दिन । नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् । कोभिड १९ को महामारीका कारण परिवार भित्रै कलाकारहरुले दशैंको टिका लगाएका हुन् ।कोभिड १९ का कारण यसपटक कलाकारहरुको चहलपहल गतबर्षको जस्तो भने भएन । आफ्नो परिवारसँग मात्र धेरै कलाकारहरुले दशैं मनाए ।

नायक अनमोल केसीले आफ्नो परिवारसँग दशैंको टिका लगाएका छन् । टिका लगाउने क्रममा नायक अनमोल केसीले मास्क लगाएको देख्न सकिन्छ ।

यस्तै, कलाकार हरिवंश आचार्य, जितु नेपाल, सन्दिप क्षेत्री, नायक आकाश श्रेष्ठ, नायिका नीता ढुंगाना, संगीतकार अर्जुन पोखरेल लगायतले पनि दशैंको टिका लगाएको तस्वीर सामाजिक संजालमा शेयर गरेका छन् ।

नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका परिवारभित्रै नै खुशी साटेर मनाइरहेको जानकारी दिएका छन् । नायिका वर्षा राउतको भने यो बर्ष टिका भएन । आफ्नो आफन्त भित्र जुठो परेपछि उनले टिका लगाइनन् ।

 

तस्वीरः कलाकारहरुको फेसबुकबाट

 

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago