चीनमा फेरि कोरोना भाइरसको संक्रमित भेटियो

चीन,चिनियाँ सरकारले फेरि एउटा शहरका पूरै मानिसमा कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ।

काशगार शहरका एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि त्यस शहरका करिब ४७ लाख मानिसको परीक्षण गर्न लागिएको स्थानीयअधिकारीहरुले बताएका छन्। अहिलेसम्म कोरोना भाइरसको लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला परेका छन्

समग्रमा चीन सङ्क्रमणको दर घटाउन सफल देखिएको छ। तर पनि ससानो सङ्ख्यामा सङ्क्रमण फैलिने क्रम जारी छ।

फोटो फाईल

एक जनामा संक्रमण पुष्टि भएपछि काशगार शहरका विद्यालय बन्द गराइएका छन् भने परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँकाबासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन।

शहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको सङ्क्रमणदेखिएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नियमित परीक्षणका क्रममा ती महिलामा संक्रमण देखिएको हो। चिनियाँ मुख्य भूभागमाविगत १० दिनयता पहिलो पटक कोरोना संक्रमित फेला परेका हुन्।

त्यसपछि व्यापक स्तरमा शुरू गरिएको परीक्षणका क्रममा लक्षण नदेखिएका थप एक सय ३७ जना फेला परेका हुन्।

लक्षण नदेखिएका सङ्क्रमितहरूलाई चीनमा आधिकारिक रूपमा सङ्क्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५,८१० मा जोड्ने गरिएकोछैन।

कोरोनाभाइरसबाट चीनमा अहिलेसम्म ,६३४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

आइतवार अपराह्णसम्म काशगार शहरका २८ लाख मानिसको परीक्षण गरिएको छ। बाँकीको दुई दिनभित्र परीक्षण सकिनेअधिकारीहरूले बताएका छन्।

यसअघि अक्टोबर महिनाको शुरूतिर चिङ्गदाओ शहरका सबै ९० लाख मानिसको परीक्षण गरिएको थियो। एक करोड १० लाखजनसङ्ख्या रहेको वुहानमा गत मे महिनामा पहिलो पटक कोरोनाभाइरस देखिएको थियो।

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago