चीनको कोइला खानीमा च्यापिएर १६ मुजदुरको मृत्यु

एजेन्सी,११ असोज । चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो ।

फाइल फोटो

सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ ।आइतबार बिहान सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्यापिएको अनुमान गरिएको छ ।

उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए ।

तर पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो । एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो । अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ । चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago