पूर्व मन्त्रीको गाडीले ठक्कर दिँदा जेब्राक्रसिङमा हिँडिरहेकी महिलाको मृत्यु

काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दीपक खड्काको गाडीले किच्दा जेब्राक्रसिङबाट सडक पार गरिरहेकी एक महिलाको मृत्यु भएको छ ।

फाइल फोटो

घटना असोज ७ गते भए पनि यो विषय सार्वजनिक भएको थिएन । असोज ७ गते खड्काले चलाएको गाडीले किच्दा मिहलाको मृत्यु भए पनि उनीसँगै गाडीले ठक्कर दिएका उनको श्रीमान भने घाइते रहेका छन ।

काठमाडाैँ महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ वडा नम्बर ६ को विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाइ ठक्कर दिएर कुल्चिएको थियो ।

सो स्थानमा बाटो काट्ने क्रममा उनलाई तीव्र गतिमा आएको नम्बर नखुलेको  मोटरसाइकलले ठक्कर दिएर भागेको थियो भने उनी लडेको अवस्थामा सोही दिशातर्फबाट आएको बा ११ च ४१४१ नम्बरको गाडीले किचेपछी घाइते कार्की दम्पतिलाई स्थानीयहरुले तत्काल अस्पताल लगेका थिए । तर अनुपाको ज्यान भने जोगिएन ।  उनका श्रीमान विक्रम कार्की भने शख्त घाइते भए पनि उनको ज्यान भने जोगिएको छ।

नम्बर नखुलेको मोटरसाइल र उक्त गाडीका वारेमा छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रहरी वृत महाराजगंजमा उजुरी बोकेर पुगे पछी प्रहरी सो गाडी र मोटर साइकलको खोजीमा लागेको थियो। जनप्रतिनिधि र स्थानीयहरुको दवाव पश्चात करिव ६.३० बजे उक्त गाडी प्रहरीले भेटाएको थियो ।

प्रहरीले गाडी समातेर ल्याए पश्चात सो गाडीका वारेमा खोजविन गर्दा उक्त गाडी पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काको रहेको तथ्य खुलेको वडा नं ६ का अध्यक्ष नबिन केसीले बताएका छन् ।

नेता खड्कालाई पीडित पक्षसंग छलफलका लागि बोलाउदा उल्टै कानुनी कुरा झिक्दै बेवास्ता गरेको आरोप पीडित पक्षको छ ।

पीडित पक्षले न्याय नपाउन्जेल अनुपा कार्कीको शवको पोस्टमार्टम नगरिने र कसैले पनि पद र शक्तिको आडमा निर्दोष र कमजोर जनतालाई दुख दिने र ज्यानै लिने सम्मको गर्न नपाउने बताउदै अध्यक्ष केसीले नेता खड्काले केही व्यक्तिहरुलाई आफ्ना दूतका रुपमा घटनाबारेमा बुझ्न लगाएको तर आफु भने उपस्थित भएका छैनन् ।

मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्धमा घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन ।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago