चीनको शर्त – रसुवागढी नाकामै पीसीआर मेशिन राख

११ असोज, काठमाडौं । चीनले नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको बताएको छ ।नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न र अन्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

फाइल फोटो

नाकाको काममा संलग्न व्यक्तिको रसुवामै तत्काल पीसीआर परीक्षण हुने व्यवस्था गर्न तथा सामान लिएर आउने सवारी साधनको प्रभावकारी डिसइन्फेक्सन गर्न चिनिया पक्षले आग्रह गरेको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

‘अहिले चीनतर्फ पहिरो गएकाले सामान आउन रोकिएको छ, तर नाका निर्बाध सञ्चालन गर्न उहाँहरुले कोभिड १९ विरुद्ध सुरक्षा प्रत्याभूति माग्नु भएको छ’ खड्काले भने । रसुवागढीबाट नजिकको पीसीआर ल्याब काठमाडौंमा रहेको जानकारी गराउँदा चिनियाँ अधिकारीहरु आश्वस्त हुन नसकेको उनको भनाइ छ ।

चीनले आग्रह गरेपछि रसुवामा पीसीआर ल्याब राख्न भन्सार विभाग मार्फत पहल थालिएको पनि उनले बताए । विभागले रसुवागढी नाका वा रसुवामा ल्याब राख्नका लागि स्वस्थ्य मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।चीनबाट सामान नेपाल भित्र्याउन सहभागी एक नेपाली श्रमिकलाई कोरोना संक्रमण देखिएपछि भदौ १७ गतेदेखि रसुवागढी नाकाबाट हुने ब्यापार चिनियाँ पक्षले रोकेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago