भुकम्प पिडितको राहत सामाग्री दरबारमा थन्कियो

सन्तोष गहतराज, पाल्पा । २०७२ साल बैशाख १२ गते गएको भुकम्प पिडितहरूको लागि आएको राहत सामाग्रीहरू खाधान्न, लत्ताकपडा, त्रिपाल लगाएतका सामाग्री अहिलेसम्म पाल्पा दरबार भित्रै थन्किएको छ । भुकम्प पिडितको लागि आएको खाधान्न तथा लत्ताकपडा दरबारमा नै कुहिदै गएको छ । विनासकारी भुकम्पले देशका धेरै ठाउहरूमा धनजनको क्षतीहुदा पाल्पामा पनी भौतिक रुपमा ठुलो क्षती भएको थियो ।

सोही समयमा भुकम्प पिडितका लागि आएका खाधान्न, लत्ताकपडा, त्रिपाल लगाएतका सामाग्री भुकम्प पिडितलाई वितरण नगरी पाल्पा दरबारमा नै सिमित रहेको छ । पिडितका लागि आएका राहतका सामाग्रीहरू उनिहरुले पाउन नसकेको गुनासो गर्छन ।बन्द कोठा भित्र खाद्यवस्तु कुहिदा समेत कोठा खोलिएको छैन । सबै राहतका सामाग्रीहरू बन्द कोठामा राखिएको छ । भुकम्पको बेला कतिपय नागरिकहरू भोक भोकै बस्नु पर्याे भने कतिपय घरबार बहिन नागरिकहरू खुला आकाश मुनि बस्नु पर्याे तर ती भुकम्प पिडितहरूका लागि आएको राहत सामाग्री आंशिक रुपमा बितरण गरी केही सामाग्री पाल्पा दरबारको कोठा भित्र राखिएको छ । विभिन्न संघ संस्थाहरुले दिएको राहत ६ बर्ष विति सक्दा पनि दरबार भित्र नै सिमित रहेको छ ।

यस विषयमा पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भुकम्प पिडितका लागि आएको केही त्रिपाल, तथा लत्ताकपडा वाकी रहेको खाधान्य भने वाकी नरहेको प्रजिअ न्यौपानेले दाबि गर्नुहुन्छ । बाकी रहेका सरसमान विपद व्यवस्थापन समितीको बैठकबसी निर्णय गरि बितरण गर्ने प्रजिअ न्यौपानेको भनाई छ ।
भुकम्प पिडितका लागि आएको राहत कहिले विपद व्यवस्थापन समिति बैठक बसेर वितरण गर्ने हो त्यस्को भने टुङ्गो लाग्न सकेको छैन ।


विभिन्न क्षेत्रबाट संकलन गरेका राहत सामग्री समयमा वितरण नहुदा पिडितहरु पिडामा नै बस्न बाध्य छन भने खाद्यान्न र राहतका सामाग्री कुहिन थालेका छन । यि सामाग्रीको समयमै ब्यवस्थापन हुन आवस्यक रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago