स्वच्छ बन्दै प्रभास ताल, संरक्षणमा जुटे स्थानीय

भविन्द्र गौतम, पाल्पा । अस्थित्व संकटमा परेको प्रभास तालको संरक्षण हुन लागेको छ । बंशगोपाल क्लब र स्थानीय युवाहरूको सक्रियताले तालको स्वरुप परिवर्तन हुन लागेको हो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको ताल ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ । डिभिजन बन कार्यालय पाल्पाले सिमसार क्षेत्र मानी गत २ बर्ष देखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।


जिल्ला समन्वय समिती बाट २ लाख, जिल्ला बन कार्यालय बाट ५ लाख र तानसेन नगरपालिका बाट २ लाख गरी कुल १२ लाख रुपैयाँको लागतमा ताल स्तरउन्नतिको काम भैरहेको छ । बंशगोपाल क्लबको नेतृत्वमा क्लब र स्थानिय बासिको जनश्रमदान बाट काम भैरहेको क्लबका अध्यक्ष प्रदिप खनालले बताउनु भयो । खानल भन्नुहुन्छ तालले हामिलाई हेरेको छ हाम्रा अग्रजले यसको महत्त्व बुझ्न सकेनन त्यसैले हामी अग्रसर भइ संरक्षणको थालनी गरेका छौ । तानसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष माधब जिसीले ताललाई प्रयटकिय स्थलको रुपमा बिकास गरेर सबैले फाइदा लिन सक्ने बताउनुभयो ।
कल्वले ताललाई सरसफाई गरी तालमा छिरेको प्रदुषित पानी फाल्ने, तालको चारैतिर वाँसले वारेर माथीवाट माटोले पुरी घुम्नमिल्ने वाटो वनाउने र ताललाई संरक्षण गर्ने योजना अनुसार काम भैरहेको अध्यक्ष प्रदिप खनालले बताउनु भयो ।

सिमसार क्षेत्रमा पर्ने तालमा जंगली धान, कत्ले माछा, असला माछा र कछुवा रहेका थिए । श्वयत कमल फुल फुल्ने तालमा लुम्बिनी मेडिकल कलेज र यस क्षेत्रबाट निस्केको ढलको आंसिक पानी तालमा मिसिएर स्वच्छ तालको पानी प्रदुशित बनेको छ । अस्तपालको विषाक्त फोहरहरु मिसिएपछि पानी सुक्ने गरेको र फोहरले नै तालको अस्थित्व खतरामा परेको स्थानीयले वताउछन् । ताल क्षेत्र वरपर रहेका प्रयटकिय क्षेत्रहरु धार्मिक हिसाबले शिवालय मन्दिर, सुर्य कुण्ड, बंशगोपाल मन्दिर रहेका छन ।
ताल अहिले झारले ढाकेको अवस्थामा रहेको छ ।

ताल संरक्षणका लागी वातावरण मन्त्रालयमा २०६८ मा पेश गरेको ११ बुदें वातावरण अध्ययान प्रतिवेदनमा उल्लेख गरिएका बिषयहरु पनि कार्यान्यवन नभएको पाइएको छ । तालमा साविक जिल्ला विकास समितिले माछा पालन र डुङ्गा संचालनका लागी लिजमा दिने गरेको थियो ।
प्रदुषणका कारण तालमा व्यवसाय गरेका विस्थापित भएका थिए । निजी स्वार्थ पुरा गर्न लाग्दा जिल्लाकै शोभा बोकेको प्रभास ताल केही बर्षमै पुरिने खतरा बढेको थियो । तालको सौन्दर्यीकरणलाई जोगाउन गुरुयोजना बनाई कार्यान्वयन गर्ने आवश्यक देखिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago