नेपालमा सलह किरा प्रबेश किसान चिन्तित

बारा । गत जेठ २४ गते सरकारी निकायले नेपालमा सलह किरा प्रवेश नगर्ने निष्कर्ष निकालेको आधा महिना बितिसक्दा नै नेपालमा सलहकिरा देखिएको छ । शनिबार बिहान बाराको सिमरा, डुबरबाना र निजगढ तथा भारतका सिमा क्षेत्रमा सलह किरा देखिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । केन्द्रका अनुसार ठूलो झुण्डमा भने सलह किरा देखिएको छैन । तर पनी किरा नेपालमा प्रवेश गरिसकेकाले किसान त्रसित बनेका छन् ।

दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले उक्त फट्याङग्रालाई भारतको विहार राज्यको विभिन्न सीमाहुँदै नेपालमा ल्याइ पुर्‍याएको हुनसक्ने बिज्ञले बताएका छन । यो फट्याङग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् । एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ । यो फट्याङग्रा सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल र बोक्रासम्म खाइदिने क्षमताको हुन्छ । सलहकिरा भित्रिएपछि किसानलाई चिन्ता थपिएको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago