पाल्पा उधाेग बाणिज्य संघले काेराेना प्रतिरक्षा वृद्धि गर्न हाेमियाेप्याथी अैाषधी निशुल्क वितरण

सन्ताेष गहतराज
पाल्पा ।।विश्वमा महामारीको रूपमा फैलिएको काेराेना भाइरसले गर्दा अहिले जतिसुकै जटिलता सिर्जना भईरहेकाे छ । अहिले विश्वलाई नै काेराेना नियन्त्रणका लागि ठुलाे चुनाैती बनेकाे छ । किनभने काेराेना विरूद्व नत कुनै अैाषधी नै तयार भएको छ नत खाेप नै त्यस्तो विषम परिस्थितिमा पाल्पा उधाेग वाणिज्य संघले काेभिड १९ राेकथाम तथा राेग प्रतिराेधात्मक क्षमता वृद्धि गर्नका लागि मारवाडी सेवा समिति नेपालद्वारा निशुल्क वितरित हाेमियाेप्याथिक अैाषधी वितरण गरेकाे छ ।


उक्त वितरण कार्यक्रम बुटवल उधाेग वाणिज्य संघकाे रूपन्देहीकाे सहजिकरण तथा पाल्पा उधाेग वाणिज्य संघको व्यवस्थापनमा तानसेन स्थित उधाेग वाणिज्य संघकाे कार्यालयबाट वितरण गरिएको पाल्पा उधाेग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्कीले बताउनु भयाे ।

वाणिज्य संघले अहिले पाल्पा तानसेन नगरपालिकामा भित्र बसाेबास गरेका नागरिकहरूलाई वितरण गरेको बताउनु भयाे ।
पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले अहिले मारवाडी सेवा समितिले देशका धेरै जिल्लाहरूमा याे हाेमियाेप्याथिक अाैषधी वितरण गरेकाे बताउदै साेही अनुसार पाल्पा उधाेग वाणिज्य संघले सहकार्य गरि वितरण गरेकाे बताउनु भयाे ।

साथै सेवा ग्राहिहरूलाई सामाजिक दुरी कायम गरि वितरण गरेकाे बताउनु भयाे । यसबाट करिब २ हजार भन्दा धेरै परिवारलाई ३० वटाका दरले बितरण गरेकाे बताउनु भयाे ।

अैाषधी प्रयाेग विधि :

याे हाेमियाेप्याथिक अैाषधी काेराेना लाग्नु भन्दा पहिला मानिसकाे राेग प्रतिकाे प्रतिरक्षा क्षमता वृद्धि गर्ने अैाषधी हाे । यसलाई तीन दिन सम्म लगातार मिठाइ जस्तै खाने र तेस्रो पटक जुन बार खाएको हाे अरू ३ वटा त्यहि बारकाे दिन सेवन गर्नु पर्दछ र याे अैाषधी एक जनाले छ वटा मात्र सेवन गर्ने तथा ५ जनाकाे परिवारलाई पुग्ने गरि वितरण गरिएको पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष महर्जनले बताउनु भयाे ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago