पाल्पा उधाेग बाणिज्य संघले काेराेना प्रतिरक्षा वृद्धि गर्न हाेमियाेप्याथी अैाषधी निशुल्क वितरण

सन्ताेष गहतराज
पाल्पा ।।विश्वमा महामारीको रूपमा फैलिएको काेराेना भाइरसले गर्दा अहिले जतिसुकै जटिलता सिर्जना भईरहेकाे छ । अहिले विश्वलाई नै काेराेना नियन्त्रणका लागि ठुलाे चुनाैती बनेकाे छ । किनभने काेराेना विरूद्व नत कुनै अैाषधी नै तयार भएको छ नत खाेप नै त्यस्तो विषम परिस्थितिमा पाल्पा उधाेग वाणिज्य संघले काेभिड १९ राेकथाम तथा राेग प्रतिराेधात्मक क्षमता वृद्धि गर्नका लागि मारवाडी सेवा समिति नेपालद्वारा निशुल्क वितरित हाेमियाेप्याथिक अैाषधी वितरण गरेकाे छ ।


उक्त वितरण कार्यक्रम बुटवल उधाेग वाणिज्य संघकाे रूपन्देहीकाे सहजिकरण तथा पाल्पा उधाेग वाणिज्य संघको व्यवस्थापनमा तानसेन स्थित उधाेग वाणिज्य संघकाे कार्यालयबाट वितरण गरिएको पाल्पा उधाेग वाणिज्य संघका उपाध्यक्ष यादव सिंह कार्कीले बताउनु भयाे ।

वाणिज्य संघले अहिले पाल्पा तानसेन नगरपालिकामा भित्र बसाेबास गरेका नागरिकहरूलाई वितरण गरेको बताउनु भयाे ।
पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले अहिले मारवाडी सेवा समितिले देशका धेरै जिल्लाहरूमा याे हाेमियाेप्याथिक अाैषधी वितरण गरेकाे बताउदै साेही अनुसार पाल्पा उधाेग वाणिज्य संघले सहकार्य गरि वितरण गरेकाे बताउनु भयाे ।

साथै सेवा ग्राहिहरूलाई सामाजिक दुरी कायम गरि वितरण गरेकाे बताउनु भयाे । यसबाट करिब २ हजार भन्दा धेरै परिवारलाई ३० वटाका दरले बितरण गरेकाे बताउनु भयाे ।

अैाषधी प्रयाेग विधि :

याे हाेमियाेप्याथिक अैाषधी काेराेना लाग्नु भन्दा पहिला मानिसकाे राेग प्रतिकाे प्रतिरक्षा क्षमता वृद्धि गर्ने अैाषधी हाे । यसलाई तीन दिन सम्म लगातार मिठाइ जस्तै खाने र तेस्रो पटक जुन बार खाएको हाे अरू ३ वटा त्यहि बारकाे दिन सेवन गर्नु पर्दछ र याे अैाषधी एक जनाले छ वटा मात्र सेवन गर्ने तथा ५ जनाकाे परिवारलाई पुग्ने गरि वितरण गरिएको पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष महर्जनले बताउनु भयाे ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago