युभेन्टसद्वारा लेची ४–० ले पराजित

काठमाडौं- युभेन्टसले इटालियन सिरी ए फुटबलको उपाधि होडमा आफूलाई बलियो बनाउँदै लगेको छ ।
लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा युभेन्टसले लेचीलाई ४–0 ले पराजित गर्दै दोस्रो स्थानको लाजिओसँगको अंक दूरी सात बनाएको छ ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको युभेन्टसले चारै गोल दोस्रो हाफमा गरेको हो । ३१ औँ मिनेटमा फाबियो लुचिओनी सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेची १० खेलाडीमा सीमित भएको थियो ।

युभेन्टसका लागि ५३ औँ मिनेटमा पाउलो डिबालाले पहिलो गोल गरे । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरी अग्रता दोब्बर पारे ।

गोन्जालो हेगुइनले ८३ औँ तथा माथेज डी लिग्टले ८५ औँ मिनेटमा गोल गरेपछि युभेन्टस ४–० ले विजयी भयो । जितपछि शीर्ष स्थानको युभेन्टसको २८ खेलबाट ६९ तथा दोस्रो स्थानको लाजिओको २७ खेलबाट ६२ अंक रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago