NRNA NCC साउदिको राष्ट्रिय, तथा स्थानिय स्तरमा गरेका काम र आगामी योजनामा छलफल गर्दै बैठक सम्पन्न ।

साउदी अरब । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको कोरोना उध्दार कार्यदल कमिटी अनी NRNA NCC का पदाधिकारी,सल्लाहकार परिषद,आइसिसी पदाधिकारीको उपस्थितीमा कोरोना उध्दार सम्बन्धी संघका राष्ट्रिय, क्षेत्रीय तथा स्थानिय स्तरमा भए गरेका योगदान र भूमिका बारे साप्ताहिक र आगामी योजना बारे छलफल संगै जुन २६ तारिक बैठक सम्पन्न भएको छ।

हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका ३७३ जना पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्वय र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउंछौँ। साथै ८०० भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजदूतावास र महावाणिज्य दुतावास संग समन्वय गरी दुतावास को पहलमै समाधान र उध्दारमा कानुनी उपचार स्वदेश फिर्ताको प्रकृयामा रहेका छन्। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यस  बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउंदै कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था, नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदूतावास बिच समन्वयको नवौं हप्ता पार गरिसकेका छौं र यसलाई हाम्रो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता  जनाउंछौं।

नेपाल फर्किनको निम्ती कोरोना टेस्ट र अन्य प्रकृयामा अल्झिएका अधिकांश नेपालीहरुबाट आएका फोनकल हरुलाई बिभिन्न क्षेत्रमा रहेका संघका कार्यदलका पदाधिकारीले आवश्यक सुचना प्रवाह गर्नुको साथै सम्बन्धित निकाय संग समन्वय गर्ने कार्य निरन्तर हुंदै आएकोछ। नेपाल सरकार द्वारा तय गरिएका प्राथमिकताको आधारमा साउदि अरबमा अफ्टेरोमा परेका नेपालीहरुको उध्दार कार्यको शुरुवात मिती १८-जुन-२०२० देखी शुरु भएको थियो। र हिमालय एयरलाइन्स मार्फत १८-जुनमा साउदिको दमाम बाट १५३ जना,२०-जुनमा रियाद रोयल नेपाल एयरलाइन्स बाट २४७ जना  २३-जुनमा दमाम हिमालय एयरलाइन्स बाट दोस्रो उडान मार्फत १५४ जना र २४-जुनमा जेध्दा बाट २५३ जना गरी हाल सम्म कूल ८०७ जना नेपालीहरु सहित ४ वोटा शव नेपाल पुर्याइएका छन्।

कोरोना महामारिका कारण हाल सम्म साउदि अरबमा संक्रमित संख्या १७४,५७७ पुगेको र मृत्‍यु हुनेको संख्या १४७४ पुगेको छ भने १२०,४७१ जना कोरोना बाट निको भएर फर्केका छन्। साउदी अरब स्थित नेपाली राजदूतावासले दिएको आधिकारिक जानकारि अनुसार संक्रमित हुने नेपालीहरुको संख्या १३६४ रहेको थियो जस मध्ये ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको थियो।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago