कावासोती ५ मा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा खाद्यान्न बितरण ।

नारायण प्रभु , १४ बैशाख , नवलपुर , मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आज आइतबार पनि राहत बितरण गरेको छ। कावासोती ५  पश्चिमटोलको देविथानमा रहेका १३ घरपरिवारलाई खाद्यान्न बितरण गरेको हो।

ट्रस्टले गरेको पुण्य कार्यमा स्पेनमा होटल व्यबसाय सञ्चालन गर्दै आउनुभएका कावासोती १ निवासी एम.डि. कंडेलले सहकार्य गर्दै आफ्ना माता पिताको सम्मानमा ट्रस्टलाई चामल उपलब्ध गराउनु भएको छ।विपन्न, असहाय तथा बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले गतसाल समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ(सबिना)कि जेठी छोरी स्व.मोनीका श्रेष्ठको स्मृतिमा ट्रस्ट स्थापना गरिएको हो। ट्रस्टले अहिले सम्म धेरै सामाजिक क्षेत्रमा सहयोग गरिसेकेको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो । ट्रस्टले गतसाल पनि विभिन्न स्थानका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिसकेको अनुभव सुनाउदै अब लकडाउनका कारण दैनिकि गुजारा चलाउन समस्या भएका गरिब मजदुरहरुलाई खाद्यान्न बितरण गरिने श्रेष्ठले जानकारी दिनुभयो। सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै कावासोती ५ पश्चिमटोलमा  बितरण गरिएको कार्यक्रममा समाजसेवी बालकृष्ण घिमिरे, श्याम श्रेष्ठ, लालचन श्रेष्ठ,एम.डि. कंडेल,गोपाल थापा,केशब राज पौडेल लगाएतको उपस्तिथि रहेको थियो।लकडाउनको समयमा यदि कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने ट्रस्टका संरक्षक लालचन श्रेष्ठलाई जानकारी गराउन संस्थाले अनुरोध गरेको छ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago