तानसेनकाे बर्तुङबाट तीन जना अबैध औषधि बिक्रीकाे आराेपमा पक्राउ ।

पाल्पा – तानसेन–७, बर्तुङ्स्थित सरस्वती मेडिकल हलमा खानतसारी गर्ने क्रममा मेडिकल सञ्चालक सरस्वती खनालको भान्सा कोटाबाट लागूऔषध गाजा फेला परेको छ । उक्त मेडिकल हलबाट अबैध औषधि बिक्री गरेको सूचनाका आधारमा खानतसाली गर्दा मेडिकल सञ्चालक खनालको भान्साघरबाट तीन सय ग्राम गाजा जस्ताे बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै सोही मेडिकल हल संचालकका छोराको कोठामा टिनको बाकसभित्र लुकाईछिपाई राखेको ट्राडोमल होइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामोल–५०, ११ प्याकेट भित्र ३२९५ वटा क्याप्सुल फेला परेको छ । यो औषधि हो ।

तर यसलाई सम्बन्धित औषधि व्यवस्था विभागको स्वीकृतिमा मात्र प्रयोग गर्न पाइने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो । पछिल्लो समय यो औषधि ड्रग्सको रुपमा प्रयोग हुन थालेपछि यसको अबैध बेबिखन तथा ओसारपोसारमा हुँदै आएकाे छ ।

खनालले गैरकानुनी रुपमा औषधि बिक्रीका लागि घरमै राखेको पाइएको र उक्त औषधि के काममा प्रयोग भईरहेको छ भन्ने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख जिसीले मेडिकल सञ्चालक सरस्वती खनाल, निजका २३ वर्षिय छोरा विवेक कार्की र प्रकाश कार्कीलाई समेत पक्राउ गरिएको जानकारी दिनुभयो । थप अनुसन्धान पछि खुल्ने प्रहरीकाे भनाइ छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago