विदेशमा नेपालीहरु कोरोना संक्रमित १५ सय , ३६ को मृत्यु ।

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ बाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३६ पुगेको छ । संक्रमितको संख्या १५ सय हाराहारी पुगेको छ ।

गैरआवासीय नेपाली संघका अनुसार संसारका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीको निधन भएको छ । संघका उपाध्यक्ष डा. बद्रि केसीका अनुसार सबभन्दा बढी बेलायतमा २१ जनाको निधन भएको छ ।

अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा तीन तथा साइप्रसमा एकजनाको मृत्यु भएको उनले जानकारी दिए । साउदी अरेबियामा कोरोना संक्रमित एक नेपालीले आत्महत्या गरेको जानकारी प्राप्त भएको उपाध्यक्ष डा. केसीले बताए ।

त्यसैगरी, विश्वभर एक हजार पाँच सय जति नेपाली कोरोना संक्रमित भएको संघले जनाएको छ । संक्रमित हुनेमा सबभन्दा बढी अमेरिकामा छन् । त्यहाँ रहेका आठ सय हाराहारी नेपालीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago