पाल्पा । बर्तुङ बहुउद्देश्यिय सहकारी सस्था लिमिटेडको दोश्रो साधारणसभा सम्पन्न भएको छ । पाल्पाको तानसेनमा संक्षिप्त्त कार्यक्रमका बिच सभा सम्पन्न भएको हो । सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद मानिनय वीर बहादुर रानाले आर्थिक रूपले विपन्न समुदायलाई सहकारीमा जोडी उनीहरूको जीवन स्तर उकास्न पहल गर्नुपर्ने बताउनुभयो । फरक प्रसङ्गमा रानाले नेपालको अवस्था आज विषम परिस्थितिमा रहेको बताउदैलाई सम्पूर्ण सहकारी कर्मीले राजनिती गर्ने राजनीतिज्ञ लाई झकझकाउनुपर्ने बेला आएको बताउनुभयो ।
सहकारीले स्थापनाको पहिलो बर्षमा नै शेयर सदस्यहरुलाई लाभांश बितरण गर्न सफल भएको छ । कुल १ करोड ३२ लाख ५३ हजार शेयर पूंजी रहेको सहकारीको कुल कारोबार १ करोड ६३ लाख भन्दा बढी रहेको प्रतिबेदन अध्यक्ष बिधान प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभयो । कोरोना महामारीबाट सबै क्षेत्र अस्तब्यस्त बनेको अवस्थामा आफ्ना सदस्यको जिवनस्तर उकास्न महत्त्वपूर्ण परियोजना ल्याउने सहकारी को योजना रहेको छ । सहुलियतपुर्ण ब्याजदर लागुगरी सदस्यलाई स्वरोजगार बनाउने उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । साधारणसभामा तानसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सागरमान महर्जन, ७ का अध्यक्ष मुक्तिराम जिसी, सहकारीबिज्ञ श्रीकृश्न नेपाल, संस्थाका संस्थापक अध्यक्ष डिल बहादुर ढुङ्गानाले सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुेपर्ने बताउनुभयो । यस्तै तानसेन बहुमुखी क्याम्पसका प्राचार्य राधेश्याम ज्ञवाली, सिद्धार्थ बैकका पाल्पा प्रमुख नारायण पौडेल, संस्थाका पुर्ब सचिब भबिन्द्र गौतम, अधिबक्ता गिता शर्मा लगायतले सहकारीले सदस्यहरुको आर्थिक उन्नती हुनेगरी काम गर्न सुभकामना दिनुभयो ।
सभामा कोषाध्यक्ष सुर्य थापाले आयब्यय, लेखा सुपरिवेक्षण समितिका संयोजक कृश्न भट्टराईले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष बिधान प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बिमला ढुङ्गानाको स्वागत र जागेश्वोर न्यौपानेको संचालनमा साधारण सभा सम्पन्न भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…