लैंगिक हिंसाले मनोसामाजिक समस्याको जोखिम ।

 गोपाल ढकाल, मनोबिद । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्व भरि नै यो अभियान संचालन हुँदै आएकोछ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस बर्ष यो अभियान मनाईदैछ ।
यस बर्ष कोरोनाको कहर तथा लकडाउनका बिचमा पनि लैङ्गिक तथा घरेलु हिंसाका घटनाहरु बढेर गएको समचारहरु आईरहेका छन । महिलालाई महिला भएकै कारणले तथा पुरूषलाई पुरूष भएकै कारणले अथवा लिंगका आधारमा महिला वा पुरूषमाथि हुने कुनै पनि प्रकारको विभेद, दुर्ब्यबहार वा हिंसालाई लैंगिक हिंसा भनिन्छ । लैंगिक हिंसाले मानव अधिकारको उपहार गरिरहेको हुन्छ । बिशेष गरि पितृसतात्मक समाजमा पुरूषभन्दा महिलाहरूनै वढी लैंगिक हिंसाको शिकार भइरहेका हुन्छन् । धेरैजस्तो अवस्थामा महिलामाथी पुरूषले हिंसात्मक व्यवहार गरिरहेको हुन्छ भने कतिपय अबस्थामा महिलामाथी महिलाले नै हिंसा गरिरहेका उदाहरणहरू पनि भेटिन्छन् । विभिन्न ठाउँ तथा परिस्थितिमा महिलाहरू माथि हिंसा भइरहेको हुन्छ । आफूले काम गर्ने ठाउँ एवं कार्यालयहरूमा आफ्नै सहकर्मी एवं हाकिमबाट हुने हिंसा, बजार, सडक, यातायातका साधन, विद्यालय लगायत आफ्नै घर परिवार भित्र पनि श्रीमान, सासु, ससुरा, नन्द, भाउजु, दाजुभाईबाट महिलाहरू लैंगिक हिंसाको सिकार हुने गरेकाछन् । महिला र पुरूषबीचको लैंगिक भेदभाव र असमानता घटाउने, महिलाहरूमाथि हुने सबै प्रकारका लैंगिक हिंसाहरूले अन्त्य गर्ने जस्ता विषयमा चर्को बहस र छलफल हुने गरेता पनि व्यवहारमा यी कुरा लागू हुन सकिरहेका छैनन् । महिला हिंसाका कारणहरु पितृसतात्मक सोच र मानसिकताले लैङ्गिक हिंसा बढाउन ठूलो प्रभाव पारिरहेको हुन्छ । त्यसै गरि परम्परा, धर्म, संस्कृति र रितिरिवाजका आडमा समेत महिलामाथि हिंसा भईरहेको हामी पाउछौ । जाँड रक्सी तथा लागु पदार्थको सेवनले समेत नेपाली समाजमा महिला माथिको हिंसा बढाएको देखिन्छ। महिला हिंसाको अन्य कारणहरुमा शिक्षा , चेतनाको कमी , महिलाहरु आफैमा सवल र सक्षम हुन नसक्नु , सधै अरुमाथी आत्म निर्भर भई रहनु पनि हुन । कतिपय अबस्थामा मानसिक रोगका कारणले पनि घरेलु तथा लैङ्गिक हिंसाका घटनाहरु हुन सक्छन् । घरपरिवार तथा समाजमा हुने गरेका लैङ्गिक हिंसा वा शोषणहरूका घटनाहरु बाहिर नल्याई भित्रभित्रै सुल्झाउने , ढाकछोप गर्ने वा उल्टै पिडितलाई दोषि देखाउने गरेको घटनाहरु समेत पाईन्छ । यस्तो कार्यले महिलाहरू भित्रभित्रै मानसिक रूपमा विक्षिप्त हुने , सधै अन्यायमा परेको महसुस गर्ने , आत्मबिस्बास गुम्ने , नैरस्यताको सिकार भई आत्महत्याको प्रयास वा आत्महत्या समेत गर्ने गरेका घटनाहरु छन । महिलामाथि हुने हिंसाका स्वरूपहरू महिला माथी लैङ्गिक हिंसाका विभिन्न रुपहरु रहेका छन । बोक्सीको आरोप, यौन दुर्व्यवहार तथा छेडछाड, दाईजो प्रथा , जबर्जस्ती गर्भ पतन, छाउ प्रथा, दाईजो प्रथा , आर्थिक अधिकारबाट बन्चित गरिनु, विभिन्न किसिमका लान्छना लगाउनु, काम तथा तलबमा विभेद गर्नु । महिलाहरु माथी हुने लैङ्गिक हिंसालाइ यसरी बर्गिकरण गर्न पनि सकिन्छ । शरीरिक हिंसा कुटपिट गर्ने , एसिड छ्याप्ने , घोक्र्याउने, लछारपछार गर्ने कामको बोझ थोपरेर दुःख दिने जस्ता कार्यहरु महिलाहरूमाथि हुने शारीरिक हिंसाका रुप हुन् । यौन हिंसा जबरजस्ती यौन व्यवसायमा लगाउने, यौन कार्यमा लाउन किनबेच गर्ने , बलात्कार वा अन्य यौन दुव्यवहार महिलाहरूमाथि हुने यौन हिंसाका रुप हुन् । मानसिक हिंसाः अपशब्दको प्रयोग गर्नु, लान्छना लगाउनु, छोरी जन्माई भनेर हेला गर्नु, अर्को विवाह गर्न धम्की दिनु, बाँझो विधवाजस्ता शब्दको प्रयोग गर्नु, अरूका अगाडि होच्याउनु, इच्छा र आकाक्षा दबाउनु, दुव्र्यवहार गर्नु, चिठ्ठी टेलिफोन, इमेल इन्टरनेटबाट धम्की दिनु, ब्लाकमेलिङ्ग गर्नु अश्लिल तस्वीर , भिडियो सार्वजनिक गर्नु मानसिक हिंसाका उदाहरण हुन् । परम्परागत हिंसा बालबिवाह, बहुविवाह, दाइजो, बोक्सीको आरोप, बादी प्रथा, छाउपडी, देउकी, झुमा आदी जस्ता सामाजिक परम्परा तथा विश्वासले समेत महिलाहरू माथि हिंसा भइरहेको छ । आर्थिक हिंसा महिलालाई आर्थिक आय आर्जनको काम गर्न रोक लगाउनु, घर धन्दामा नै सीमित गर्नु, आर्थिक रूपमा आश्रित पार्नु, सम्पत्तिको हकमा अबरोध पुर्याउनु , समान काममा असमान ज्याला , श्रम शोषण जस्ता कुराले महिलाहरू आर्थिक रूपमा हिंसाको शिकार भइरहेका हुन्छन् । सामाजिक तथा राजनीतिक हिंसा महिलाहरूलाई राजनीति वा समाजसेवामा लाग्नबाट बञ्चित गराउनु, समाजमा कार्य गर्ने अवसरहरू नदिनु, राजनीतिमा वा सामाजिक कार्यमा लागेका महिलाहरूको चरित्रहत्या गर्नु, उच्च पदमा पुग्न नदिने गरेर छेकबार लगाउनु गरेर समेत महिलाहरू माथि हिंसा भइरहेका छन् । लैंगिक हिंसाको परिणामका रूपमा महिलाहरूमा विभिन्न किसिमको मनोसामाजिक समस्याहरू देखापर्ने गरेकाछन् । लैङ्गिक हिंसाले मनोसामाजिक समस्याको जोखिम लैङ्गिक हिंसाले मानसिक एवं मनोसामाजिक समस्याको जोखिम बढाउने गरेको बिश्व भरि गरपएका विभिन्न अध्यानहरुले देखाएको छ । नेपालमा पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सन् २०१२ मा देशका ६ जिल्लाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार नौसय नमुना उत्तरदाता महिलाहरु मध्ये ४ सय ३२ जनाले लैंगिक हिंसाको अनुभव गरेको उल्लेख गरेकाछन। लैंगिक हिंसा व्यहोर्ने ४ सय ३२ जना मध्ये ६९ प्रतिशतलाई मानसिक समस्या भएको र २९ प्रतिशतमा आत्महत्या गर्ने सोंच आएको साथै ७ प्रतिशले आत्महत्याको प्रयास गरेको पाइएकोछ । लैङ्गिक हिंसामा परेका ब्यक्तिहरुमा विभिन्न किसिमका मानसिक तथा मनोसामाजिक समस्याका लक्षणहरु देखिने गर्दछन । मन उदास हुने, अनावश्यक डर लाग्ने, चाडो रिस उठ्ने, ज्यादै चिन्ता गर्ने, द्विविधामा पर्ने, निर्णय गर्न नसक्ने, साथी भाईहरूसँग घुलमिल, कुराकानी गर्न मन नलाग्ने,कसैलाई बिस्बास गर्न नसक्ने, विभिन्न शारिरीक समस्याहरू देखापर्ने, कमजोर भएको महसुस गर्ने, केही काम गर्न मन नलाग्ने, दिक्दार लाग्ने, एक्लो महसुस गर्ने, आफुलाई नै दोषी ठान्ने, आत्महत्याको सोच आइरहने, निन्द्रा नलाग्ने, रून मन लाग्ने, के होला, कसो होला भनेर भविष्य तथा घर परिवारको चिन्ता गरिरहने जस्ता लक्षणहरु देखिन सक्छन्। लैंगिक हिंसाका कारण देखा परेका समस्याको समाधानको निम्ति, अौषधि उपचार , मनोविमर्श एवं भावनात्मक सहयोगका साथै कानुनी तथा अन्य आवश्यक सहयोग प्रदान गर्नुपर्छ । ( लेखक मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन )
Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago