प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई भने- ‘सरकार मनको गरिब होइन, आर्थिक क्षमता तपाईंहरुलाई थाहै छ

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरलाई मिलेर नै पराजित गर्न सकिने बताएका छन् नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको आज सरकारी निवास बालुवाटरमा उद्घाटन गर्दै उनले संयुक्तप्रयासबाट अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने बताए त्यस दिशामा सरकारले पनि प्रयास गरिरहेको गर्ने प्रतिबद्धता जनाए

कोभिड १९ ले अर्थतन्त्रलाई पारेको असरलाई पराजित गरेर अर्थतन्त्रलाई माथि उकास्नुछ,” उनले भने, “गत वर्ष . प्रतिशत आर्थिकवृद्धि हुने प्रक्षेपण गरेका थियौं तर करिब जिरोको अवस्थामा पुगेका छौं अरु देश ऋणात्मकको अवस्थामा पुगेका छन्, शून्य वा थोरै भएपनि प्लसको स्थितिमा छौं

प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएको पनि बताए अरु देशका सरकारले उद्योग व्यवसायलाई अगाडि बढाउन गरेकोसहयोगको आकारलाई लिएर हाम्रो सरकारले केही गरेन भनेर नसोच्न आग्रह गरे सरकार मनको गरिब होइन, आर्थिक क्षमतासाथीहरुलाई थाहा ,” उनले भने, “आफ्नो अभिभावकको गच्छेअनुसारै सहयोग पाउने अपेक्षा गर्नुपर्छ सरकारले आफ्नो गच्छेअनुसारनिजी क्षेत्रलाई सहयोग दिन सरकारले सहयोगको हात अगाडि बढाउने बताए तर पनि त्यो सीमित नै हुनेछ,” उनले भने

उनले साधारणसभाले कोभिड १९ अबको अर्थतन्त्रको विषयमा गहन छलफल गर्ने निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे साधारणसभाले निकाल्ने निष्कर्ष सरकारले पाउने अपेक्षा गर्दै उनले सुझाव वा निष्कर्षले सरकारलाई पनि आगामी दिनमा अगाडि बढ्नसहयोग पुर्‍याउने उनले बताए साझा समस्या भोगिरहेका छौं समाधान पनि संयुक्त प्रयासबाट नै गर्नुपर्छ,” उनले भने, “केन्द्र, प्रदेश, स्थानीय निजी क्षेत्रको संयुक्त प्रयासबाट मात्रै हालको समस्यासँग जुध्‍न पार पाउन सक्छौं

उनले सरकारले सबै उद्यमी, व्यवसायीलाई समान नजरले हेरेको बताए उद्यमी व्यवसायीमा मेरो पक्ष तेरो पक्ष हुँदैन सबै व्यवसायी, उद्यमी, राष्ट्रका निम्ति काम गरिरहेका, राष्ट्रका निम्ति कर तिरिरहेका, राष्ट्रका साझा सम्पत्ति हुन् राज्यका नजरमा सबै समान छन्,” उनले भने उनले सबैलाई कानुनसम्मत, यथोचित ढंगले संरक्षण, सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरे तर, उद्यमी व्यवसायीले आफ्नोकारोबार भने निष्पक्ष रुपमा गर्नुपर्ने बताए स्वच्छ व्यापारको अपेक्षा सरकारले गर्छ,” उनले भने

उनले मन नपरेकालाई नवउदारजस्ता विश्लेषण गरेर आतंकित गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए उनले सरकराले राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योगलाई जोड दिएको बताए देशका पूँजीपतिलाई सवाल बनाउन चाहेको उनले बताए हाम्रा उद्यमीलाई सोही स्तरमाविकास गर्न नसकेकै कारण बाह्य लगानी खोज्नु परेको हो पुँजी यहाँ खोज्ने लगानी बाहिर गर्ने तरिका अवलम्बन नगर्नुहोस् विदेशीलगानी ल्याउन सरकारले सहुलियतको व्यवस्था गरेको भन्दै त्यस्तो सहुलियत स्वदेशी उद्यमी व्यवसायीलाई पनि हुने उनले बताए

नेपालमा धेरै अवसर रहेको भन्दै प्रधानमन्त्री ओलीले यहाँको पूँजी बाहिर लगेर लगानी गर्नु उचित नभएको पनि बताए देशप्रति मायागरौं लगानीको अवसर सकिएको छैन, अवसर धेरै , लगानी गर्नुहोस्उनले भने हाम्रो श्रम बजार सस्तो भएका कारणले पनि उहाँकोउद्यम बढी मुनाफामा जाने उनले बताए बाहिर लगानी गर्न खोज्यो भने त्यो उल्टो बाटो हुन्छु न्यायोचित हुने सहुलियत सरकार दिनतयार उत्पादकत्व बढाउनुहोस्, रोजगारी बढाउनुहोस् अनि निर्यात गर्नुहोस्, हामी उपभोक्ता मात्रै नबनौं उत्पादक पनि बनौं,” उनले भने त्यस अवसरमा महासंघले प्रधानमन्त्री ओलीलाई सम्मान गरेको थियो  

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago