पाल्पा । लगातार ४ दिन सम्मकाे अविरल बर्षाकाे कारण जिल्लाकाे तिनाउ गाउँपालिका भित्रकाे विभिन्न टाेल बस्तीहरूमा बाढी पहिराेले बाटो अबरुद्ध हुनुकाे साथै घरगाेठमा क्षति पुग्याएकाे छ । हिउदे खाेला,सिसुवा र झुम्सा ,भुतखाेला क्षेत्रमा पहिराे गएको कारणले शनिबार बिहानै देखि साझ सम्म पनि बुटवल तानसेन बाटो खुल्न सकेको छैन ।
दाेभानकाे घाेडेबाँस गाउँमा माथिबाट खसेको पहिराेले टिकाराम खरेल,यज्ञ खरेल र नारायण खरेलकाे घरमा क्षति पुगेको छ । भुतखाेला भुजेल बस्तीमा पहिराे जादा भिम बहादुर थापाकाे घर पुरिएको छ । झुम्सा अर्घाछापकाे लिल बहादुर थापाकाे घर तथा च्याउ फर्ममा पहिराेले क्षति पुग्याएकाे छ । हरियाली गाउँकाे बसन्त थापाकाे घर भत्किएको छ ।
दाेभान चाैकी नजिकैकाे अमर प्रधान र राज बहादुर श्रेष्ठ घर तलबाट पहिराले तानेर जाेखिममा परेको छ । मस्यामकाे चित्र रावलकाे उन्नत जातकाे ४ वटा बाख्रा तथा साैचालय पहिराले पुरेकाे छ । पाटनमा २ वटा घर भत्किएको छ । काेलडाडाबाट चरचरे सम्म कृषि सामाग्री ढुवानी गर्ने २ वटा टुइनकाे स्टेशनमा पनि पहिराेले क्षति पुग्याएकाे गाउँपालिका अध्यक्ष अाेम बहादुर घर्ती मगरले बताउनु भयाे । पहिराले क्षतिग्रस्त स्थानहरूमा जनप्रतिनिधिहरूकाे समन्वय र साेहि स्थानका नागरिकहरूकाे सहयाेगमा उद्वारकाे काम भइरहेको अध्यक्ष घर्ती मगरले बताउनु भयाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…