पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले घर पुरिँदा हराएका ५ जनाकै शव भेटिएको छ ।
६० वर्षीय हुमबहादुर गाहा, उहाँकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, १७ वर्षीया छोरी कृष्णमाया गाहा, नातिनीहरु १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिहीबार बिहान पहिरोले घर पुरिदा परिवारका ५ जना बेपत्ता भएका थिए । बिहीबार निरन्तर झरी पर्ने र पहिरो जाने क्रम नरोकिएपछि हिजो बिहानदेखि खोजी सुरु गरिएको थियो । उनीहरुको हिजो बेलुका शव भेटिएको हो ।
बिहीबार नै पहिरोले घर पुरिँदा रम्भा गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो । उहाँ गर्भवती हुनुहुन्थ्यो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…