स्याङ्जा । पञ्चायतकालिन इतिहास बोकेको सरकारी भवन जिर्ण बनेको छ । पुतलीबजार नगरपालिका वडा नम्बर ४ झौरीखेतमा रहेको यो भवन संरक्षणमा कसैको चासो नपुगेको स्थानीय दिपक गौतम बताउछन ।
यो भवनमा बिगतको समयमा गणेशपुर गाउँपञ्चायतहुदै गणेशपुर गा.वि.स. को कार्यालय समेत सन्चालन भएको थियो । जिर्ण भवन पुतलीबजार नगरपालिका वडा नम्बर ४ को मध्यभागमा रहेको छ । सार्बजनिक सम्पतीको उपभोग र संरक्षण हुन नसक्दा स्थानीयले चिन्ता ब्यक्त गरेका छन । पहिला पञ्चायत भवन भनेर चिन्ने गरिन्थ्यो, अहिले त्यस सरकारी सम्पती ब्याक्तीको शौचालय जस्तै बन्न पुगेको र उक्त सरकारी सम्पती मा पुतलीबजार नगरपालिका को वडा नं ४को वडा कार्यालय बनाउन हरेक किसिमले उपयुक्त देखिने स्थानीय समाजसेवीहरु बताउछन ।
भवनमा मोटरवाटो सबै सुविधा रहेको छ । वडा कार्यालयको भवन बनाउनको लागी जग्गा खोजी भईरहेको अवस्थामा यी भवनको मर्मत गरि कार्यालय सन्चालन गरे भवनको संरक्षण हुनसक्ने स्थानीय खेमराज सुवेदी बताउछन । उनी भन्छन मैले पनि ब्यक्तिगत रुपले पटक पटक त्यसको कुनै पनि स्वरुपमा संरक्षणको लागि मौखिक अनुरोध गरे तर सुनुवाइ भएको देखिदैन । त्यस साबिक पन्चायत भवनको हालको दुरावस्था देख्दा मन दुख्छ संरक्षण होस स्थानीय जनप्रतिनिधिज्युहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
वडानम्बर ४ का अध्यक्ष ओम खड्काले यो भवनको क्षेत्रफल न्यूनमात्रामा रहेको हुँदा अहिले वडाकार्यालय बनाउन जग्गा थोरै हुने र वडाकार्यालयको लागी हाल कार्यालय रहेको स्थानमा नै वडाको कार्यालय भवन बनाउने बताए । तत्कालै यो भवनको सदुपयोग गर्न नसकिने र नगरपालिकाले केही योजना बनाएर सामुदायिक भवन बनाएर भवनको संरक्षण गर्ने अध्यक्ष खड्काले बताए ।
सार्बजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सबैको हो स्थानीयले योजना बनाई नगरपालिकाको समन्वयमा संरक्षण गरेमा स्थानीयलाई लाभ हुने र ऐतिहासिक भवनको संरक्षण हुनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…