सडकका खाल्टा कालोपत्रे, सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा यात्रा सहज हुँदै

भबिन्द्र गौतम, पाल्पा । कोरोनाले पाल्पा जिल्लामा निषेधाज्ञा भएको समय सदुपयोग गरी डिभिजन सडक कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा परेका खाल्टाखुल्टी कालोपत्रे गर्न थालेको छ । इमल्सन प्याच अर्थात कोल्ड मिक्क प्रविधिबाट तानसेनदेखि झुम्सासम्म सडकका बिचमा परेका खाल्टाखुल्टी कालोपत्रे काम शुरु भएको छ । सिमसिम पानी अर्थात् केही चिसोमा पनि खाल्टा पुर्न सकिने प्रविधि भएकाले निषेधाज्ञाको मौका छोपेर कार्यालयकै उपकरण, लेन्थवर्ककर र कर्मचारीले धमाधाम काम गरेका छन् । ठेक्काबाट गर्दा समय लाग्ने भएकाले सवारी नचलेको मौका छोपेर आफ्नै जनशक्तिबाट काम थालिएको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनु भयो ।

३५ ड्रम्म अर्थात सात टन इमल्सन खरिद गरेकाले त्यसले पुग्ने जती खाल्टा सकेसम्म चाँडो कालोपत्रे गर्ने गरी काम भएको छ । इमल्सन, इन्धन, अन्य सामग्रीहरु सहित करिब १५ लाख बराबरको काम हुनेछ । अलकत्रमा पकाएर गर्न भन्दा सहज र एक घण्टा भित्रै सेट हुने भएकाले सडकका स–साना खाल्टाहरुका लागि निकै उपयोगी हुने देखिन्छ । सडकको खाल्टामा बेस राखेर रोलिङ्ग गरेपछि १० एम.एम भन्दा सानो चिप्सलाई इमल्सन धोलेर बिच्छाउने र रोलिङ्ग गरेपछि सेट हुने गर्दछ । बेस माथी करिब ३ सेन्टीमिटर बराबरको कालोपत्रे बिच्छाइएको छ ।

पाल्पामा २ बर्ष अगाडी २ ड्रम इमल्सनको काम भएको त्यो अहिलेसम्म रहेकाले कम जनशक्तिबाट चिसो स्थान तथा चाँडो काम सक्नुपर्ने तथा स–साना परिमाणका लागी अति उत्तम रहेको इन्जिनियर रामविहारी चौधरीले बताउनु भयो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत गौडेपुल देखि चिडियाखोला सम्मको पाल्पा खण्डको बाटोमा खाल्डाखुल्डीले गर्दा निकै सास्ती ब्यहोर्नुपरेको थियो । यो बाटोमा यात्रा गर्ने यात्रु र सवारीका चालकलाई निकै जोखिम बढेको थियो । माथिबाट ढुङ्गा खस्ने र बाटोमा रहेका खाल्डाखुल्डीका कारण सवारीसाधनले क्षेती ब्यहोर्नुपरेको थियो । अब भने यो समस्या केही सामाधान हुने देखिन्छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago