सडकका खाल्टा कालोपत्रे, सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा यात्रा सहज हुँदै

भबिन्द्र गौतम, पाल्पा । कोरोनाले पाल्पा जिल्लामा निषेधाज्ञा भएको समय सदुपयोग गरी डिभिजन सडक कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा परेका खाल्टाखुल्टी कालोपत्रे गर्न थालेको छ । इमल्सन प्याच अर्थात कोल्ड मिक्क प्रविधिबाट तानसेनदेखि झुम्सासम्म सडकका बिचमा परेका खाल्टाखुल्टी कालोपत्रे काम शुरु भएको छ । सिमसिम पानी अर्थात् केही चिसोमा पनि खाल्टा पुर्न सकिने प्रविधि भएकाले निषेधाज्ञाको मौका छोपेर कार्यालयकै उपकरण, लेन्थवर्ककर र कर्मचारीले धमाधाम काम गरेका छन् । ठेक्काबाट गर्दा समय लाग्ने भएकाले सवारी नचलेको मौका छोपेर आफ्नै जनशक्तिबाट काम थालिएको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताउनु भयो ।

३५ ड्रम्म अर्थात सात टन इमल्सन खरिद गरेकाले त्यसले पुग्ने जती खाल्टा सकेसम्म चाँडो कालोपत्रे गर्ने गरी काम भएको छ । इमल्सन, इन्धन, अन्य सामग्रीहरु सहित करिब १५ लाख बराबरको काम हुनेछ । अलकत्रमा पकाएर गर्न भन्दा सहज र एक घण्टा भित्रै सेट हुने भएकाले सडकका स–साना खाल्टाहरुका लागि निकै उपयोगी हुने देखिन्छ । सडकको खाल्टामा बेस राखेर रोलिङ्ग गरेपछि १० एम.एम भन्दा सानो चिप्सलाई इमल्सन धोलेर बिच्छाउने र रोलिङ्ग गरेपछि सेट हुने गर्दछ । बेस माथी करिब ३ सेन्टीमिटर बराबरको कालोपत्रे बिच्छाइएको छ ।

पाल्पामा २ बर्ष अगाडी २ ड्रम इमल्सनको काम भएको त्यो अहिलेसम्म रहेकाले कम जनशक्तिबाट चिसो स्थान तथा चाँडो काम सक्नुपर्ने तथा स–साना परिमाणका लागी अति उत्तम रहेको इन्जिनियर रामविहारी चौधरीले बताउनु भयो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत गौडेपुल देखि चिडियाखोला सम्मको पाल्पा खण्डको बाटोमा खाल्डाखुल्डीले गर्दा निकै सास्ती ब्यहोर्नुपरेको थियो । यो बाटोमा यात्रा गर्ने यात्रु र सवारीका चालकलाई निकै जोखिम बढेको थियो । माथिबाट ढुङ्गा खस्ने र बाटोमा रहेका खाल्डाखुल्डीका कारण सवारीसाधनले क्षेती ब्यहोर्नुपरेको थियो । अब भने यो समस्या केही सामाधान हुने देखिन्छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago