निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ ।

यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ । वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो ।

निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा गत मङ्गलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ५ गते शुक्रबारसम्म नगरपालिका क्षेत्रभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

सङ्क्रमणको दर बढ्दै गएका कारण चार दिन निषेधाज्ञा थप गरिएको छ । प्रशासनले अत्यावश्यकीय क्षेत्रहरु मेडिकल, दूध, ग्यास र तरकारी पसलबाहेक अन्य सबै क्षेत्रहरु बन्द गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा नै अन्तिम विकल्प देखेको हो ।

हिन्दू महिलाको चाड हरितालिका तीज पनि यही बेला भएकाले बढी भीडभाड हुनसक्ने र कोरोनाको जोखिम थप हुने भएकाले निषेधाज्ञा लगाउन आवश्यक ठानिएको हो । त्यसयता पनि सङ्क्रमण बढ्नसक्ने भएकाले अरु चार दिन थप गरिएको हो । निषेधाज्ञाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललगायतको टोली वीरेन्द्रनगरका विभिन्न स्थानमा खटिएको थियो ।

सहायक प्रजिअ पौडेलले निषेधाज्ञालाई जनस्तरबाट पूर्णरूपमा सहयोग भएको बताउनुभयो । सामान्य केही छिटफुट मानिस हिँडिरहे पनि उहाँहरुलाई सम्झाइबुझाई गरिएको उहाँको भनाइ छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago