जुलाई ३० मा अस्ट्रेलियाको सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने

सिड्नी – कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका बाँकी यात्रुहरूका लागि आगामी जुलाई ३० तारिखमा सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने भएको छ।

मालिन्डो एयरलाइन्समार्फत् हुने उक्त चार्टर्ड उडानमा १६० सिटक्षमता रहेको छ जसमध्ये १४८ जना ‘इकोनोमी’ तथा १२ वटा ‘बिजनेस’ क्लास सिट रहेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

उक्त एयरलाइसन्को इकोनोमीतर्फ एक हजार एक सय २० अमेरिकी डलर तथा बिजनेस क्लासतर्फ एक हजार छ सय अमेरिकी डलर भाडा तोकिएको छ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयोजन, नेपाली राजदूतावास क्यानबेराको पहल, ‘एएनएमडिए’ लगायत विभिन्न सामुदायिक संघ, संस्थको सहकार्यमा गठन गरिएको ‘रिपाट्रिएसन टास्क फोर्स’ले उक्त चार्टर्ड उडान तय गरेको हो।

यसअघि नेपाल फर्कनका लागि करिब ३५० जनाको आवेदन दिएर टिकटको शुल्क बुझाइसकेका छन्। तीमध्ये पहिला पैसा बुझाउनेलाई र अत्यन्त जरूरी अनि सहानुभूतिपूर्ण अवस्थाका आधारमा यात्रुको छनोट गरिने पनि एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

मेलबर्नमा कोरोना भाइरसले गर्दा उत्पन्न कठिनाइलाई मध्यनजर गर्दै थप एउटा चार्टर्ड उडान गर्ने प्रयत्न गरिएको उल्लेख गर्दै एनआरएनए अस्ट्रेलियाले त्यसो गर्न नसकिएमा यात्रुको सबै पैसा फिर्ता दिने पनि उल्लेख गरेको छ।

गत जुलाई १४ तारिखमा अस्ट्रेलियाबाट एक सय ४९ जना यात्रुहरू नेपाल फर्किसकेका छन् भने करिब एक हजार तीन सयले नेपाल फर्कने इच्छा व्यक्त गर्दै दूतावासमा आफ्ना नाम टिपाएका थिए।

नेपाल फर्कने यात्रुहरुले अनिवार्य रूपमा पिसिआर परीक्षण गराउनुपर्नेछ भने पिसिआर परीक्षणको नतिजा केवल सात दिनका लागि मात्र मान्य हुनेछ।

पिसिआर परीक्षणको संयोजक ‘एएनएमडिए’ अर्थात् अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टिस्ट एसोसिएसनले गरिरहेको छ। नेपाल फर्कने यात्रुहरू अनिवार्य रूपमा नेपालमा गएर पाँच दिन होल्डिङ सेल्टरमा बस्नुपर्नेछ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago