जुलाई ३० मा अस्ट्रेलियाको सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने

सिड्नी – कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका बाँकी यात्रुहरूका लागि आगामी जुलाई ३० तारिखमा सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने भएको छ।

मालिन्डो एयरलाइन्समार्फत् हुने उक्त चार्टर्ड उडानमा १६० सिटक्षमता रहेको छ जसमध्ये १४८ जना ‘इकोनोमी’ तथा १२ वटा ‘बिजनेस’ क्लास सिट रहेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

उक्त एयरलाइसन्को इकोनोमीतर्फ एक हजार एक सय २० अमेरिकी डलर तथा बिजनेस क्लासतर्फ एक हजार छ सय अमेरिकी डलर भाडा तोकिएको छ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयोजन, नेपाली राजदूतावास क्यानबेराको पहल, ‘एएनएमडिए’ लगायत विभिन्न सामुदायिक संघ, संस्थको सहकार्यमा गठन गरिएको ‘रिपाट्रिएसन टास्क फोर्स’ले उक्त चार्टर्ड उडान तय गरेको हो।

यसअघि नेपाल फर्कनका लागि करिब ३५० जनाको आवेदन दिएर टिकटको शुल्क बुझाइसकेका छन्। तीमध्ये पहिला पैसा बुझाउनेलाई र अत्यन्त जरूरी अनि सहानुभूतिपूर्ण अवस्थाका आधारमा यात्रुको छनोट गरिने पनि एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

मेलबर्नमा कोरोना भाइरसले गर्दा उत्पन्न कठिनाइलाई मध्यनजर गर्दै थप एउटा चार्टर्ड उडान गर्ने प्रयत्न गरिएको उल्लेख गर्दै एनआरएनए अस्ट्रेलियाले त्यसो गर्न नसकिएमा यात्रुको सबै पैसा फिर्ता दिने पनि उल्लेख गरेको छ।

गत जुलाई १४ तारिखमा अस्ट्रेलियाबाट एक सय ४९ जना यात्रुहरू नेपाल फर्किसकेका छन् भने करिब एक हजार तीन सयले नेपाल फर्कने इच्छा व्यक्त गर्दै दूतावासमा आफ्ना नाम टिपाएका थिए।

नेपाल फर्कने यात्रुहरुले अनिवार्य रूपमा पिसिआर परीक्षण गराउनुपर्नेछ भने पिसिआर परीक्षणको नतिजा केवल सात दिनका लागि मात्र मान्य हुनेछ।

पिसिआर परीक्षणको संयोजक ‘एएनएमडिए’ अर्थात् अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टिस्ट एसोसिएसनले गरिरहेको छ। नेपाल फर्कने यात्रुहरू अनिवार्य रूपमा नेपालमा गएर पाँच दिन होल्डिङ सेल्टरमा बस्नुपर्नेछ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago