कांग्रेसका पूर्व सह-महामन्त्री जोशीसहित तीन नेता पार्टीबाट निष्कासित

नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ ।

पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो/भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।

पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेको थियो ।

ओझालाई कारबाही गर्न सभापति देउवा र जोशीलाई कारबाही गर्न पौडेल लागेका थिए ।

यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । निर्वाचनका बेला आफ्नै पार्टीका उमेदवारलाई असहयोग गरेको आरोप उनीहरुमाथि थियो ।

अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उंल्लंघन गरेको पाइएकाले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago