पाल्पा -सामाजिक कार्यमा सकृय रहेकाे सस्था लायन्स क्लब अफ श्रीनगरले पाल्पाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा जाेगिपानीका पहिराे पिडितलाई राहत स्वरूप नगद रूपैया तथा खाधान्न प्रदान गरेको छ ।
लगातार परिरहेको बर्षातका कारण पहिराेले क्षति पुग्याएका व्यक्तिहरूकाे घरपरिवारकाे घरमै गई क्लबले एक कार्यक्रमका बीचमा राहत स्वरूप नगद राशी तथा खाधान्न हस्तान्तरण गरेकाे हाे ।
राहत वितरण प्रमुख अतिथि लायन्स क्लब अफ श्रीनगरका ड्रिस्टिक डिपार्टमेन्ट प्रमुख कृष्णबहादुर कार्कीले क्लबले निरन्तर सामाजिक कार्यहरू गर्दै अाएकाे बताउदै अागामी दिनमा निरन्तर सामाजिक कार्यमा लाग्ने पनि बताउनु भयाे । कार्यक्रममा क्लबका उपाध्यक्ष यादव सिहं कार्कीले पहिराे क्षति गरेकाे एक महिना सम्म पिडितहरूलाई समस्यामा पर्दा पनि वडा कार्यालय तथा अन्य कुनै ठाउबाट केही राहत प्रदान नगरेकोले पिडितहरूले अाफुलाई सम्पर्क गरेकाेले अाफुले क्लबमा छलफल गरी पिडितहरूलाई राहत प्रदान गरेको बताउनुभयो ।
कार्यक्रम क्लबका अध्यक्ष तारा कुवर अध्यक्षता सम्पन्न भएको थियाे । उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण कार्की, सचिव कपिल कृष्ण कार्की र काेषाध्यक्ष ताजेन्द्र थापा लगाएको उपस्थिती रहेको थियाे ।
क्लबले पहिरोले करिब एक महिना अघि बाख्राकाे खाेर पुरी बाख्रा मरेकाे र घरमा पनि क्षति पुगेकाे मणि कुमारी गहतराजलाई नगद ६०००/- २ बाेरा चामल ,मकैबारी क्षति पुगेकाे रेसम थापालाई नगद २०००/- एक बाेरा चामल ,गणेश खाती २०००/- नेत्र खातिलाई २०००/- राहत प्रदान गरिएको क्लब उपाध्यक्ष यादब सिह कार्कीले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा बताउनु भयाे ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…