लायन्स क्लब अफ श्रीनगरले बन्दिपाेखराका पहिराे पिडितलाई राहत प्रदान

पाल्पा -सामाजिक कार्यमा सकृय रहेकाे सस्था लायन्स क्लब अफ श्रीनगरले पाल्पाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा जाेगिपानीका पहिराे पिडितलाई राहत स्वरूप नगद रूपैया तथा खाधान्न प्रदान गरेको छ ।

लगातार परिरहेको बर्षातका कारण पहिराेले क्षति पुग्याएका व्यक्तिहरूकाे घरपरिवारकाे घरमै गई क्लबले एक कार्यक्रमका बीचमा राहत स्वरूप नगद राशी तथा खाधान्न हस्तान्तरण गरेकाे हाे ।
राहत वितरण प्रमुख अतिथि लायन्स क्लब अफ श्रीनगरका ड्रिस्टिक डिपार्टमेन्ट प्रमुख कृष्णबहादुर कार्कीले क्लबले निरन्तर सामाजिक कार्यहरू गर्दै अाएकाे बताउदै अागामी दिनमा निरन्तर सामाजिक कार्यमा लाग्ने पनि बताउनु भयाे । कार्यक्रममा क्लबका उपाध्यक्ष यादव सिहं कार्कीले पहिराे क्षति गरेकाे एक महिना सम्म पिडितहरूलाई समस्यामा पर्दा पनि वडा कार्यालय तथा अन्य कुनै ठाउबाट केही राहत प्रदान नगरेकोले पिडितहरूले अाफुलाई सम्पर्क गरेकाेले अाफुले क्लबमा छलफल गरी पिडितहरूलाई राहत प्रदान गरेको बताउनुभयो ।

कार्यक्रम क्लबका अध्यक्ष तारा कुवर अध्यक्षता सम्पन्न भएको थियाे । उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण कार्की, सचिव कपिल क‌ृष्ण कार्की र काेषाध्यक्ष ताजेन्द्र थापा लगाएको उपस्थिती रहेको थियाे ।


क्लबले पहिरोले करिब एक महिना अघि बाख्राकाे खाेर पुरी बाख्रा मरेकाे र घरमा पनि क्षति पुगेकाे मणि कुमारी गहतराजलाई नगद ६०००/- २ बाेरा चामल ,मकैबारी क्षति पुगेकाे रेसम थापालाई नगद २०००/- एक बाेरा चामल ,गणेश खाती २०००/- नेत्र खातिलाई २०००/- राहत प्रदान गरिएको क्लब उपाध्यक्ष यादब सिह कार्कीले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा बताउनु भयाे ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago