झापामा आज ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ |

झापामा आज ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । धरानको प्रयोगशालामा गरिएको परिक्षणमा १ पुरुष र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मा गरिएको परीक्षणमा १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार आज संक्रमण पुष्टि भएकामा झापाको मेचीनगर वडा नं १ का १८ बर्षीय १८ बर्षीय पुरुष रहनु भएको छ । संक्रमित केही दिन अघि भारतबाट आएर वडाको क्वारेन्टाइनमा रहनु भएको थियो ।
त्यस्तै दमक नगरपालिका वडा नं ३, ८ र ९ का १ महिला र २ पुरुषहरुमा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कुबेत र साउदी अरबबाट आएका हुनुहुन्छ । महिला संक्रमित दमक स्थित सिएमए क्याम्पसको क्वारेन्टाइनमा रहेको र पुरुष संक्रमितहरु मिष्ट कलेज क्वारेन्टाइनमा रहनु भएको चौलागाईंले जानकारी दिनु भयो ।

आज थप ४ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा झापामा कोरोना संक्रमितको संख्या २२१ पुगको छ भने १६५ जना निको भएर घर फर्कीनु भएको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago