कोरोना महामारीमा कुवेतबाट नेपालका लागि १२ उडान, १८६९ स्वदेश फर्किए ।

कुवेतमा कोरोना महामारीका कारण अलपत्र परेका १८६९ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र नेपाली स्वदेश ल्याउन कुवेतबाट गरिएको १२ वटा उद्धार उडानमार्फत १८६९ जना स्वदेश फर्किसकेको कुवेतस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

दुतावासका अनुसार अहिलेसम्म नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक/एक उडान मार्फत ३०४ जना र कुवेतको जजिरा एयरको १० उडान गरी जम्मा १८ सय ६९ जना स्वदेश फर्किसकेका छन् ।

जजिरा एयरमार्फत कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकालाई १० वटा उडानमार्फत स्वदेश फर्काएको दूतावासले जनाएको छ ।आममाफीमा सहभागी करिब तीन हजार रहेको र बाँकीलाई पनि कुवेत सरकारले क्रमश: सबैलाई स्वदेश पठाई रहेको छ ।

आममाफी बाहेक कोरोनाका कारण समस्यामा परेका नेपालीलाई दुईवटा चार्टर्ड उडानमार्फत स्वदेश पठाएको दूतावासले जनाएको छ ।स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका गर्भवती, कोरोना बाहेकका गम्भीर रोगका बिरामी, काजकिरियाका लागि फर्कन पर्नेहरु, अपांगता भएकालगायतका व्यक्तिलाई प्राथमिकतामा राखेर स्वदेश पठाएको दूतावासले जनाएको छ ।

समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि सहजीकरण र बिदाई गर्न कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी आफैं विमानस्थल पुगेका थिए । आज पनि आममाफी पाएका १ सय ५० जना नेपाली फर्कदै छन् ।

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago