देशका ४६ जिल्लामा फैलियो कोरोना कुल संक्रमितको संख्या ७ सय ७२ पुग्यो

पाल्पा । बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालका आधाभन्दा धेरै जिल्लामा फैलिएको छ । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिए संगै देशभरका ४६ जिल्लामा फैलिएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो । मङलबार संक्रमण पुष्टि भएका मध्ये २ वर्षिया बालिका समेत रहेकी छन ।
देशभरीका क्वारेन्टाइनमा अहिलेसम्मकै उच्च संख्यामा रहेका छन् । मंगलबार देशभरीका विभिन्न क्वारेन्टाइनमा ५५ हजार बढी छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा १ हजार ७ सय ५८, प्रदेश नम्बर २ मा १० हजार ५ सय ३५, बागमती प्रदेशमा ९ सय ६४ र गण्डकी प्रदेशमा १ हजार ५ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २३ हजार ५ सय ८९, कर्णाली प्रदेशमा ५ हजार २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ६ सय ५७ गरी देशभरी ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १ सय ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारतमा लकडाउन खुकुलो भएसङ्गै स्वदेश फर्किनेको संख्या ह्वात्तै बढेको छ । सिमानाका क्षेत्रहरूबाट सयौंको संख्यामा दैनिक रुपमा स्वदेश फर्कीरहेका छन । भारतबाट फर्किनेहरु बाट संक्रमणको उच्च जोखिम रहेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago