घुम्टे युवा परिवारको पहलमा अग्नि पिडित खड्कालाई राहत सहयोग

थमन ठाडा,  बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेका अग्नि पिडित जुक्त बहादुर खड्काको परिवारलाई राहत प्रदान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवारको पहल तथा समन्वयमा संस्थाको पहलमा जापान शाखाका सहसचिव युवा समाजसेवी तुलबिर थापाको आर्थिक सहयोगमा खाद्यान्न सँगै अन्य राहतका सामाग्रीहरु गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापाले हस्तान्तरण गर्नु भएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।
राहतमा ३ बोरा चामल, दाल, नुन, तेल, साबुन, चीनी, चियापत्ती लगायतका सामाग्री सहयोग गरिएको अधक्ष्य थापाले बताउनु भयो । आपतको यो अफ्ठ्यारो परिस्थितिमा आफूले थोरै भए पनि सहयोग होस भन्ने हेतुले राहत सहयोग गरेको संस्थाका जापान शाखा सहसचिव तथा सहयोगदाता तुलबिर थापाले बताउनु भयो । थापा लामो समय देखि जापानमा होटल व्यावसाय गर्दै आउनु भएको छ । गाउँ समाजमा हुने विकास निर्माण देखि आपत विपतमा थापाको उल्लेख्य सहयोग हुँदै आएको छ । राहत सामग्री हस्तान्तरण कार्यक्रममा वडा स्थित जनप्रतिनिधि, घुम्टे युवा परिवारका कार्य समिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो । राहत सामग्री ग्रहण गर्दै खड्का परिवारले सहयोगी थापा र संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् । आगोलागी पछि घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । खाद्यान्न, लत्ताकपडा सँगै घरमा भएका सबै सामाग्री जलेर नष्ट भए पछि खड्का परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन । अग्नि पिडित खड्का परिवारलाई सोमबार नै मिलिजुली महिला समुह मल्मले नगद रु ५ हजार सहयोग गरेको छ त्यस्तै मल्म टोकरी निवासी प्रेमकाजी थापाले नगद रु ४ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago