माथागढीमा कोरोना भाईरस रोकथाम र राहत वितरणकाे अनुगमन

सन्ताेष गहतराज १३ बैशाख,पाल्पा । माथागढी गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा राहत वितरणका सम्बन्धमा जिल्ला स्तरीय अनुगमन भएको छ । जिल्ला समन्वय समितिको समन्वयमा भएको अनुगमनमा प्रदेश सभा सदस्यहरू नारायण प्रसाद आचार्य, युवराज खनाल, रमा घर्ति, पत्रकार साथै राजनितिक दलका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । कोरोना भाइरस रोकथाम र राहत वितरणका सम्बन्धमा हालसम्म गाउँपालिकाले गरेको गतिविधिको बारेमा जानकारी दिदै वडा स्तरमा समन्वय समितिहरु गठन गरेको र सबैदलको सहमतिमा राहत वितरण प्रभावकारी ढंगले संचालन गरेको र भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुको निगरानी र स्वास्थ्य परीक्षण गरेको अनुगमनका क्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिनुभयो । उहाँले भारत तथा तेस्रो मुलुकबाट आएका नागरिक समुदाय स्तरमै र्‍यापिड टेस्ट परिक्षण गर्न प्रदेश सरकार समक्ष माग गर्नुभयो। गाउँपलिकाका सबै वडामा पहिलो चरणमा १८ लाख ६० हजार बढीको ८८५ जनालाई राहत विरण गरिएको, ५३ बेडको क्वारेन्टाइन स्थलको निर्माण गरी ६ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिए । उहाँले गाउँका महिला स्वयंसेविका, वडा अध्यक्ष, वडा सदस्य लगायतको समन्वयमा आपतकालिन स्वयम्सेवक गठन गरी तयारी अवस्थामा राखिएको बताउनुभयो । अनुगमनका क्रममा माथागढी गाँउपालिकाउपाध्क्षय निर्मला भट्टराई स्वास्थ्य शाखा प्रमुख केशव जि.सि को उपस्थिति रहेको थियो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago