सन्तोष गहतराज, १२ बैशाख, पाल्पा
माथागढी गाउँपालिकाले पालिका भित्रका दीर्घराेगीहरूकाे लागि निशुल्क अाैषधी वितरण गर्ने कार्य शुरू गरेकाे छ । गाउँपालिकामा कुल दीर्घ राेगी ५५४ जना रहेकाे तथ्यांक संकलन भएकाे र काेराेना भाइरसको कारण बन्दाबन्दी पछि विरामीहरू अस्पताल सम्म अाउन कठिन भएकाे समयमा गाउँपालिकाले दीर्घ रागी विरामीहरू समस्या मध्येनजर गरी टाेलटाेलमा गएर नि:शुल्क अाैषधी वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्ताेष थापा मगरले बताउनु भयाे । पहिलाे चरणमा माथागढी गाउँपालीका १ चिदीपानीमा अाैषधी वितरण गरेकाे छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको काेविड १९ कारण दीर्घ राेगी विरामीहरूलाई थप जटिल अबस्था सृजना हुन नदिन पहिलो चरणमा वडा न १ चिदीपानी भित्रका दिर्घरोगी बिरामीहरूकाे स्वास्थ बिमा मार्फत वाडमाऔषधी ल्याइ स्वास्थ चौकी मार्फत टोल टोलमा बितरण गरिएको हाे । यस कार्यक्रमबाट चिदिपानी का १०२ जना बिरामी लाभान्वित भएको चिदीपानी स्वास्थ्य चौकी प्रमुख ध्रुर्व बहादुर सुनार जानकारी दिनुभयो । स्वास्थ चौकी प्रमुख सुनारले गाेर्खाली भ्वाईससँगको कुराकानीमा स्वास्थ्य बिमाका बाहेकका अौषधीकाे बिवरण संकलन गरी गाउँपालीका पठाएको र अौषधी प्राप्त भए पछि छिट्टै थप औषधी बितरण गरिने जानकारी दिए । यसरी गाउँपालिकाले टाेलटाेलमा अाई निशुल्क अाैषधी पाउँदा विरामीहरू खुशी भएका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…