काठमाडौँ — करिब चार वर्षअघि आफूले बेचेको उखुको पैसा उठाउन गत मंसिर २७ मा काठमाडौं आएका सर्लाही रामनगरगाउँपालिकाका ७० वर्षीय गगनदेव अझै आन्दोलनमै छन् । आन्दोलन गरेपछि उखुको पैसा पाइएला र त्यसमै थपथाप गरेर बैंकको कर्जातिरुँला भन्ने सोचेका गगनदेव राय यादव त्यतिबेला झसंग भए, जतिबेला उनलाई बैंकले २१ दिनभित्र कर्जा नतिरे धितो लिलाम गरिदिनेसूचना निकालेको खबर मिल्यो ।
केही वर्षअघिसम्म गगनदेवले आफ्नो एक बिघा र बटैयामा लिएको २ बिघा जमिनमा उखु खेती गर्थे । त्यहीबेला उनले खेती गर्न र घरखर्चटार्न गाउँकै महाजनबाट ३६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँ कर्जा लिएका थिए । गाउँले ब्याज महँगो हुने भएपछि उनले १६ कट्ठाजमिन धितो राखेर कृषि विकास बैंकबाट ९ लाख ५५ हजार रुपैयाँ कर्जा लिए । बारीको उखु बेच्ने भएपछि जिल्लाकै अन्नपूर्ण सुगरमिल्समा लगेर बेचे । ‘गाउँका टाठाबाठाले लगेर बेचिदिए, छिटो पैसा पाइन्छ भन्ने सुनेपछि छिमेकी राजमोहन राय र ज्वाइँ रामबाबुरायको नाम राखेर अन्नपूर्णलाई उखु बेचें तर पैसा अहिलेसम्म पाइनँ,’ उनले भने ।
साँवा अक्षर नचिन्ने गगनदेवलाई उखु कति क्विन्टल थियो भन्ने यकिन हिसाब याद छैन । तर उनले करिब ३ लाख रुपैयाँ चिनी मिलबाटपाउन बाँकी रहेको दाबी गरे । बैंकबाट लिएको कर्जाको ब्याज ६६ हजार रुपैयाँ पुगिसकेकाले अहिले उनले १० लाख रुपैयाँभन्दा बढीतिर्न बाँकी छ । उखुपीडित किसान संघर्ष समितिका हरिश्याम रायका अनुसार बैंकको धितोको सूचना हात परेपछि गगनदेवकोआँखाबाट आँसु रोकिएको छैन । हरिश्यामले भने, ‘उखुको पैसा बेलैमा पाएको भए उतिबेलै कर्जा सदाइसक्ने उनको हिसाब थियो । तरमिल मालिकले पैसा नदिँदा आफ्नो हालत बिग्रिएकोमा उनको चिन्ता छ ।’
चार/पाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीहरूलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस रपश्चिम नवलपरासीका उखु किसानहरू आन्दोलित छन् ।
पछिल्लो एक वर्षमा आफ्ना माग राखेर काठमाडौं धाउने र उधारो सहमति गरेर देहात फर्किने क्रम दोहोरिरहेकाले यसपाला भने उखुकिसानहरू सबैले पैसा नपाएसम्म आन्दोलन गरिरहने मनस्थितिमा छन् । गत पुस १८ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकोसमन्वयमा चिनी मिल र किसानहरूबीच सम्झौता भएको थियो । उक्त पाँचबुँदे सम्झौताको पहिलो बुँदामा लेखिएको थियो, ‘२०७६ माघ७ भित्र उखुको भुक्तानी दिलाउन उद्योग मन्त्रालयले समन्वय गर्ने ।’ यही सम्झौता कार्यान्वयन नभएपछि काठमाडौं आएका गगनदेवजस्तैउखु किसानहरूले निरन्तर आन्दोलन गरेको डेढ साता हुन आँटिसक्यो । यो बीचमा गृह मन्त्रालयले किसानको रकम नतिर्ने चिनी मिललाईपक्राउ गर्ने बताएपछि केही उखु किसानले पैसा पाए पनि सबै किसानको बक्यौता चुक्ता भइसकेको छैन ।
कान्तिपुरसँगको कुराकानीमा ६ नातिनातिनाका हजुरबुबा गगनदेवले उखु खेतीले आफू बिल्लीबाँठ हुन लागेको बताए । आन्दोलनकालागि काठमाडौं आएयता गगनदेव दिनभर माइतीघर मण्डलमा विभिन्न नारा लेखिएको पर्चा छातीमा टाँसेर दिनभर बस्छन् । अनि साँझपर्न थालेपछि गौशालाको धर्मशालामा पुग्छन् । ‘कहिले सरकारले कुरा सुन्ने हो र सबै पैसा हात पर्ने हो टुंगो छैन,’ उनले भने ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…