माथागढी गाँउपालिका वडा नं.८मा स्वास्थ्य चौकी भवनको शिलन्यास ।

पाल्पा । माथागढी गाँउपालिका वडा नं.८ मा स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ । वडा नं.८ बहादुरपुरमा सो स्वास्थ्य चौकि बन्न लागेको हो । आज एक कार्यक्रमका बिच माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले उक्त स्वास्थ्य चौकि भवनको शिलन्यास गर्नुभएको हो ।

शिलन्यास कार्यक्रममा बोल्दै माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापालेले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकी निर्माण कार्य अघि बढेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकी भवनको निर्माणपछि प्रवाह गरिने स्वास्थ्य सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समय माथागढी गाँउपालिकाका स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर लगायतका धेरै सेवा सुविधा आएको बताउँदै उहाँले स्वास्थ्य चौकीबाट गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन गाँउबासीलाई आग्रह गर्नुभयो। जनताको मैलिक अधिकार भित्र पर्ने स्वास्थ्य सेवा पुरा हुने गरि काम गरिएको माथागढी गाँउपालिका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो।उहाँले हिजोको दिनमा भन्दा माथागढी गाँउपालिका स्वास्थ्यको क्षेत्रमा राम्रो बन्दै गइरहेको बताउदै माथागढी गाँउपालिकाको सबै वडामा स्वास्थ्य सेवा बिस्तार भइरहेको बताउनुभयो । स्वास्थ्य चौकि भवन ४५२५७८०.७५को लागतमा बन्न लागेको योजना हो । २०७८|०२|१५ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको वडा नं. ८का वडा अध्यक्ष दिल बं.ढेगाले बताउनुभयो । सो भवन निर्माणका लागि सन्ट कन्सट्रक्सनले ठेक्का पाएको छ । यस भवनलाई समय मै सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको सो आयोजनाका ठेकेदार सन्ट लामाले बताउनुभयो । वडा नं. ८ का वडा अध्यक्ष दिल बं.ढेगाको अध्यक्षतामा भएको स्वास्थ्य चौकी भवन शिलन्यास कार्यक्रममा माथागढी गाँउपालिकाका कार्यपालिका सदस्य सावित्रा पन्थी,नेपाली काङ्ग्रेसका प्रतिनिधि कमन सि.बारघरे,नेकपाका प्रतिनिधि राजेश कुमार नेपाली लगायतको उपस्थिति रहेको थियो।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago