माथागढी गाँउपालिका वडा नं.८मा स्वास्थ्य चौकी भवनको शिलन्यास ।

पाल्पा । माथागढी गाँउपालिका वडा नं.८ मा स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ । वडा नं.८ बहादुरपुरमा सो स्वास्थ्य चौकि बन्न लागेको हो । आज एक कार्यक्रमका बिच माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले उक्त स्वास्थ्य चौकि भवनको शिलन्यास गर्नुभएको हो ।

शिलन्यास कार्यक्रममा बोल्दै माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापालेले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकी निर्माण कार्य अघि बढेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकी भवनको निर्माणपछि प्रवाह गरिने स्वास्थ्य सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समय माथागढी गाँउपालिकाका स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर लगायतका धेरै सेवा सुविधा आएको बताउँदै उहाँले स्वास्थ्य चौकीबाट गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन गाँउबासीलाई आग्रह गर्नुभयो। जनताको मैलिक अधिकार भित्र पर्ने स्वास्थ्य सेवा पुरा हुने गरि काम गरिएको माथागढी गाँउपालिका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो।उहाँले हिजोको दिनमा भन्दा माथागढी गाँउपालिका स्वास्थ्यको क्षेत्रमा राम्रो बन्दै गइरहेको बताउदै माथागढी गाँउपालिकाको सबै वडामा स्वास्थ्य सेवा बिस्तार भइरहेको बताउनुभयो । स्वास्थ्य चौकि भवन ४५२५७८०.७५को लागतमा बन्न लागेको योजना हो । २०७८|०२|१५ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको वडा नं. ८का वडा अध्यक्ष दिल बं.ढेगाले बताउनुभयो । सो भवन निर्माणका लागि सन्ट कन्सट्रक्सनले ठेक्का पाएको छ । यस भवनलाई समय मै सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको सो आयोजनाका ठेकेदार सन्ट लामाले बताउनुभयो । वडा नं. ८ का वडा अध्यक्ष दिल बं.ढेगाको अध्यक्षतामा भएको स्वास्थ्य चौकी भवन शिलन्यास कार्यक्रममा माथागढी गाँउपालिकाका कार्यपालिका सदस्य सावित्रा पन्थी,नेपाली काङ्ग्रेसका प्रतिनिधि कमन सि.बारघरे,नेकपाका प्रतिनिधि राजेश कुमार नेपाली लगायतको उपस्थिति रहेको थियो।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago