एजेन्सि ।अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो आगामी टोलीमा रहने ६ महत्वपूर्ण सदस्यको घोषणा गरेका छन्।
‘अमेरिकी इज ब्याक। अमेरिकी विश्वको अगुवाइको लागि तयार छ। ऊ आफ्नो जिम्मेवारीबाट पछि हट्नेछैन‘, उनले भने।
नेशनल इन्टिलिजेन्सको निर्देशक पदका लागि एवरिल ह्यान्सको नाम आएको छ। यस्तो भएमा उनी देशको जासुसी निकायको नेतृत्वलिने पहिलो महिला हुनेछिन्।
यस्तै होमल्याण्ड सेक्युरिटीका नयाँ प्रमूख एलेजान्ड्रो मेयोरकास हुनेछन्। डोनाल्ड ट्रम्प सत्ता हस्तानतरणका लागि तयार भएका छन् रअब जासुसी निकायले उनलाई जानकारी उपलब्ध गराउन सक्नेछ।
यध्यपी ट्रम्पले आफ्नो हार अस्वीकार गर्ने सम्भावनाको शंका भने अझै छ। नोभेम्वर ३ मा भएको मतदानमा धाँधली भएको आरोप ट्रम्पलेअझै लगाइरहेका छन्।
यी हुन बाइडनका टिमका महत्वपूर्ण सदस्यः
एन्टोनी व्लिङकेन– विदेश मन्त्री
जोन केरी – जलवायु परिवर्तन दूत
एवरिल ह्यान्स– निर्देशक, नेशनल इन्टिलिजेन्स
एलेजान्द्रो मेयोरकास– सेक्रेटरी, होमल्यान्ड सेक्युरिटी
जेक सुलिवन– नेशनल सेक्युरिटी एडवाइजर, ह्वाइट हाउस
लिन्डा थोमस ग्रिनफिल्ड– संयूक्त राष्ट्र संघका लागि अमेरिकी दूत
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…