ईन्जाले नोभेम्बर २९ मा ग्लोबल मिडिया कन्फरेन्स गर्ने, तयारी अन्तिम चरणमा

वासिंगटन डिसी नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल(ईन्जा)ले यस बर्ष ईन्जा ग्लोबल मिडिया कन्फरेन्स यही नोभेम्बर २९, २०२०आईतबारका दिन भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको

ईन्जाले गत बर्षबाट नोभेम्बरमा ग्लोबल कार्यक्रम गर्न शुरु गरेको थियो भने हरेक वर्ष मार्चको पहिलो हप्ता आफ्नो वार्षिक उत्सव मनाउनेगर्दछ

यस बर्ष संचार जगतलाई कोविड१९ बाट नेपाल लगायत विश्वभर परेको प्रभाव, यसबाट नेपाली संचारकर्मीमा परेको असर, संचारलेलिएको बदलिंदो स्वरुप संचार अपनाउनु पर्ने कदमहरु जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुने विद्वान सहभागीहरुबाट यसको समीक्षा हुनेईन्जाका ग्लोबल अध्यक्ष गुणराज लुईटेलले बताउनु भयो

अध्यक्ष लुईटेलका अनुसार यस बर्ष नेपाल, अमेरिका अन्य विश्वबाट दर्जनौं नेपाली पत्रकारहरु यस भर्चुवल सम्मेलनमा सहभागीहुनुहुनेछ।

यस कार्यक्रममा नेपाली पत्रकारितामा लामो समय अनुभव हासिल गरिसक्नु भएका खोज, अनुसन्धान, रेडियो पत्रकारिता तथाप्राध्यापनमा संलग्न वरिष्ठ पत्रकार घमराज लुईटेल एवं हाल डायस्पोरामा रहनुभएकी वरिष्ठ पत्रकार  विष्णु शर्माले कार्यपत्र प्रस्तुत गर्दैहुनुहुन्छ

वरिष्ठ पत्रकारद्वय लुईटेल एवं शर्माका कार्यपत्रहरु माथि वरिष्ठ पत्रकारहरु तारा बराल, तीर्थ कोईराला, बन्दना राणा, बविता बस्नेत, तारानाथ दाहालले अतिथिको रुपमा समीक्षा गर्नु हुनेछ भने पत्रकारहरु नीतु पंडित, कृष्ण ढुंगाना, मीरा राजभण्डारी अमात्य लगायतलेकन्टेण्ट समीक्षा गर्नु हुनेछ

अमेरिकाको प्रसिद्ध संचार सम्बन्धी संस्था सोसाईटी अफ प्रोफेशनल जर्नालिष्ट(यसपीजे)का अध्यक्ष म्याथ्यु हलले अमेरिकामा भएकोसंचारकर्म, यसका माध्यम अन्य विविध पक्षमा जानकारी दिने कुरा भईरहेको ईन्जाले जनाएको यस्तै विभिन्न अमेरिकी संचारमाध्यमहरुलाई पनि निम्ता दिइएको जनाइएको

कार्यक्रममा अतिथीको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस युनियन प्रेस संगठन, नेजाका अध्यक्ष वाप्रतिनिधिहरुले पनि सहभागिता जनाउनु हुनेछ यस्तै नेपालका सवै क्षेत्र धेरै जिल्लाबाट पनि पत्रकारहरु जुम कन्फरेन्समा जोडिनु हुनेछ

कार्यक्रम संचालनको मोडल अतिथिहरुको उपस्थितिबारेमा सवै तयारी अन्तिम चरणमा पुगेको जानकारी ईन्जा एशियाका अध्यक्ष टंकपन्तले दिनुभयो इन्जा युरोप पनि यस कार्यक्रमको सफलताको लागि खटिरहेको कुरा अध्यक्ष ददी सापकोटाले बताउनु भएको भनेइन्जा क्यानडा, कोरिया, ईन्डिया अस्ट्रेलियाबाट पनि पत्रकारहरु जोडिने तयारीमा रहनु भएको छ। यस्तै जापानबाट पनि उल्लेख्यपत्रकारहरू सहभागि हुने तयारी रहेको ईन्जा जापानका अध्यक्ष तथा एसिया च्याप्टर उपाध्यक्ष आनन्द कोइरालाले जानकारी दिनुभयो

सम्मेलनको लक्ष्य उद्देश्यमाथि थप प्रकाश पार्दै कार्यक्रम संयोजक ईन्जा बरिष्ठ उपाध्यक्ष विष्णु शीतलले यो मिडिया कन्फेरेन्समाप्रस्तुत कार्यपत्र एवं यसको समीक्षाको विस्तृत प्रतिबेदन पुस्तकको रुपमा तयार हुने अमेरिका अनि नेपालका विभिन्न निकायमाअभिलेखको रुपमा राखिने जानकारी गराउनु भयो।

उहाँले कार्यक्रम अमेरिकाको समय साप्ताहिक विदाको दिन आईतबार विहान बजे, नेपालमा साँझ :४५ बजे युरोपमा :३० बजेदिउंसो तथा जापानमा राती ११ बजेको समयमा हुन गईरहकोले ब्यापक सहभागिता जनाउन ईन्जाले अनुरोध गरेको

सम्मेलनको ब्यवस्थापन हेरिरहनु भएका महासचिव शिव विष्टले ईन्जाको संस्थागत विकासमा आइपर्ने चुनौतिलाई बुकावला गर्दैसंसारभरिका संचारकर्मीको साझा संस्थाको रुपमा विकास गर्न यो सम्मेलनले योगदान दिने बताउनु भयो उपाध्यक्ष किशोर सापकोटालेकार्यक्रमलाई छोटो चुस्त बनाउन टिपोट रिपोर्ट टीमसंग काम गरिरहेको बताउनु भयो

ईन्जाका संरक्षकद्वय वरिष्ठ पत्रकार राम खरेल वरिष्ठ पत्रकार योगेश उपाध्यायले सफलताको शुभकामना दिनु भएको

ईन्जाका संचार संयोजक विजय थापाले गत साल स्थलगतमा भएको भन्दा पनि सशक्त रुपमा प्रचार प्रसार गर्न ईनेप्लिज अन्यमिडिया पार्टनरहरुसंग कुरा भैरहेको बताउनु भयो

न्यूयोर्कबाट कार्यसमिति सदस्यहरु भुपेन्द्र थापा, तारा भट्टराई, ज्योतिकुमार श्रेष्ठले धेरै साथीहरुको सहभागिता रहने बताउनु भएको

यसै गरी ईन्जाले हाल नेपालमा कोरोनाबाट आर्थिक समस्यामा परेका करीब ८० जना पत्रकारहरुलाई पहिलो चरणमा लेखन वृत्ति मार्फतसहयोग पुर्याइरहेको

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago