प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

जिल्ला  प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको   प्रशासनले जिल्लाभर सञ्चालनमारहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो

राजमार्ग, खोला, नदी, वनजङ्गल, विद्यालय, धार्मिकस्थल बस्तीको नजिक रहेका नियम विपरीत सञ्चालित क्रसर उद्योगलाई बन्दगराउन निर्देशन दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो   जिल्लाका धेरै स्थानमा मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन हुँदै आएको स्थानीयवासीबाट गुनासो आएको अनुगमनका क्रममा मापदण्ड विपरीत रहेको पाइएकाकारण जिल्लामा रहेका १६  क्रसर उद्योगलाई बन्द गरिएको प्रजिअ पौडेलले बताउनुभयो

फोटो फाईल

घरेलु तथा साना उद्योगमा दर्ता भएका १६  क्रसर उद्योगमध्ये हाल आठ  उद्योग सञ्चालित छन ती  उद्योग मापदण्ड नपुगेका नवीकरणनगरी सञ्चालन गरिएका कारण बन्द गराउनुपरेको जनाइएको वाग्मती, हरिपुर, लालबन्दी, फुलजोर, ईश्वरपुर, बसवरियालगायतस्थानका क्रसर उद्योगले अहिले प्रशासनको अनुरोधलाई बेवास्ता गरी पुनःसञ्चालन गरेका छन्

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको मापदण्ड२०७७ अनुसार बस्ती, मुख्य सडक, राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था, ठूला नदी, पुल, धार्मिकस्थल, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान वन क्षेत्रको ५०० मिटरदेखि दुई किलोमिटरभित्रनदीजन्य पदार्थ उत्खनन संकलन गर्ने गराउने कुनै पनि कार्य गर्न पाइँदैन   जिल्लामा मापदण्ड विपरीत वनजंगल, नदी किनार, गाउँबस्ती विद्यालय नजीकसमेत क्रसर संचालन गरेको पाइएको   त्यसैले क्रसर उद्योग सञ्चालकलाई बोलाएर उद्योगको कागजातलिई वैधानिकताबारे पुष्टि गर्न पुष्टि नहुँदासम्म क्रसर सञ्चालन नगर्न आग्र्रह गरिएको  प्रजिअ पौडेलले बताउनुभयो

वातावरणीय प्रभाव मूल्यांकन विपरीत धेरै क्रसर उद्योग सडक, वनजंगल, खोलानदी   गाउँबस्ती नजीक रहेकाले वातावरण तथा विपद्व्यवस्थापन मापदण्डका अनुसार उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रमुख  सन्तोषसिंह राठौरलेजानकारी दिनुभयो ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड२०७७ विपरीत सञ्चालन भएकाजिल्लाका धेरै क्रसर उद्योग बन्द गर्न निर्देशन दिइसकिएको , बन्द नभएको भनी कतैबाट अहिलेसम्म जानकारी नआएको प्रउ राठौरलेबताउनुभयो

जिल्लामा मापदण्ड नपुगेका प्रमाणित नभएका क्रसर उद्योगलाई गत वर्ष नै स्थानीय प्रशासनले स्थलगत अनुगमन गरी बन्द गर्न निर्देशनदिएको थियो   मापदण्ड पुरा नगरेका धरै क्रसर उद्योग अहिले पनि नवीकरणविना नै सञ्चालन भइरहेका छन् डोजर स्काभेटर प्रयोगगरी बालुवा ढुङ्गा निकाल्दा वाग्मती, लखन्देही, झिम, फुलजोर, कालीञ्जोर, चापिनीलगायत नदी गहिरिँदा पूर्वपश्चीम राजमार्गका पुलसङ्कटमा पर्न थालेका छन्

अव्यवस्थित उत्खननले खोला तथा चुरे संरक्षणमा समेत चुनौती थपिएको स्थानीयवासी रमेश अधिकारी बताउनुहुन्छ यसरी जथाभावीप्रारम्भिक वातावरणीय मूल्यांकनसमेत नगरी क्रसर सञ्चालन गर्दा जलवायु परिवर्तन जैविक विविधतामाथि नै असर पर्न थालेकोजानकारले बताएका छन्

Comments
sp sp

Recent Posts

प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१ सिनेमा र संगीतको महोत्सव

काठमाण्डौं । गलबन्दी म्युजिक प्रा.लि.को आयोजनामा हुन लागेको ‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१’ अन्तर्गत…

55 years ago

ईक्यान झापा शाखाको छैठौं वार्षिक साधारण सभा: कन्याममा भव्य सम्पन्न

इलाम, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) झापा शाखाको छैठौं वार्षिक साधारण सभा २०८१ मंसिर १५…

55 years ago

झापा कप–२०८१: उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र मोरङ एलएक्स सिटी बीच हुने

बिर्तामोड, झापा–११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि सुरु हुने ‘झापा कप–२०८१’ को खेल तालिका…

55 years ago

वीरता जेसिजद्वारा एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड, वीरता जेसिजले बिर्तामोड नगरपालिकाका स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू र आफ्ना सदस्यहरूका लागि नेतृत्व तथा व्यक्तित्व…

55 years ago

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago