गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेखगरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गर्नुभएको गैरआवासीय नेपाली संघबेलायतद्वारासम्पत्तिको सुरक्षानागरिकताको निरन्तरता समानतामा आधारित गोर्खाज आन्दोलनविषयमा शनिबार आयोजितवेबिनारलाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीले नेपाली नागरिकसरह आर्थिक, सामाजिक सांस्कृतिक अधिकारपाउने कुरा संविधानले नै सुनिश्चित गरेको त्यसमा कुनै भेदभाव नहुने बताउनुभयो

फोटो फाईल

बेलायती सेनाबाट सेवा निवृत्त भएपछि हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकको नेपाली नगरिकताको निरन्तरताकाविषयमा उठेका प्रश्नको जवाफ दिंँदै सभापति पोख्रेलले गोर्खा सैनिकले गर्दा नेपालको शिर ठाडो भएको बताउँदै भन्नुभयो, “गोर्खा भूपू  सैनिकहरुको नेपाली नागरिकतालाई निरन्तरता दिँंदा नेपाललाई कुनै नोक्सान हुने देख्दिन संविधान संशोधनका क्रममा भूपू गोर्खासैनिकहरुका लागि छुट्टै व्यवस्था गर्न सकिन्छ, छलफल गरौँँ

एनआरएनएको नागरिकता निरन्तरता समितिका केन्द्रीय संयोजक तथा उपाध्यक्ष सोनाम लामाले एनआरएनको गैरआवासीय नेपालीनागरिकता सुरक्षित रहेकाले त्यसबारे आशंका नगर्न आग्रह गर्दै नेपालको संविधान संशोधन गरेर भए पनि गोर्खा सैनिकको नेपालीनागरिकतालाई निरन्तरता दिन अनुरोध गर्नुभयो

एनआरएनएका केन्द्रीय महासचिव डा हेमराज शर्माले एनआरएनएको स्थापनायता एनआरएन नेतृत्वले गरेको लगातार प्रयासका कारणमात्रै अहिलेको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राख्न सम्भव भएको बताउनुभयो   उहाँले नयाँ ऐनमाएनआरएनहरुले नेपालमा गएर काम गर्न पाउने कि नपाउने भन्ने स्पष्ट नभएकाले यसबारे छलफल जारी रहेको जानकारी दिनुभयो

गोर्खा सरोकार समितिका संयोजक अनररी लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङले सुगौली सन्धिका आधारमा नै गोर्खा सैनिक बेलायत आएकालेनेपाललाई संसारभरि चिनाउने उनीहरुको नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने माग गर्नुभयो

एनआरएनए बेलायतका अध्यक्ष पुनम गुरुङले एनआरएन नागरिकताको विषय ५०६० लाख गैरआवासीय नेपालीको सरोकार भएकोबताउंदै गैरआवासीय नेपालीको नागरिकताको निरन्तरताका लागि एनआरएन बेलायतले सरोकार पक्षसँग पैरवी गरिरहेको जानकारीदिनुभयो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago