फोटो फाईल
संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेखगरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघबेलायतद्वारा ‘सम्पत्तिको सुरक्षा – नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा शनिबार आयोजितवेबिनारलाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीले नेपाली नागरिकसरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारपाउने कुरा संविधानले नै सुनिश्चित गरेको र त्यसमा कुनै भेदभाव नहुने बताउनुभयो ।
बेलायती सेनाबाट सेवा निवृत्त भएपछि हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकको नेपाली नगरिकताको निरन्तरताकाविषयमा उठेका प्रश्नको जवाफ दिंँदै सभापति पोख्रेलले गोर्खा सैनिकले गर्दा नेपालको शिर ठाडो भएको बताउँदै भन्नुभयो, “गोर्खा भूपू सैनिकहरुको नेपाली नागरिकतालाई निरन्तरता दिँंदा नेपाललाई कुनै नोक्सान हुने म देख्दिन । संविधान संशोधनका क्रममा भूपू गोर्खासैनिकहरुका लागि छुट्टै व्यवस्था गर्न सकिन्छ, छलफल गरौँँ ।”
एनआरएनएको नागरिकता निरन्तरता समितिका केन्द्रीय संयोजक तथा उपाध्यक्ष सोनाम लामाले एनआरएनको गैरआवासीय नेपालीनागरिकता सुरक्षित रहेकाले त्यसबारे आशंका नगर्न आग्रह गर्दै नेपालको संविधान संशोधन गरेर भए पनि गोर्खा सैनिकको नेपालीनागरिकतालाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।
एनआरएनएका केन्द्रीय महासचिव डा हेमराज शर्माले एनआरएनएको स्थापनायता एनआरएन नेतृत्वले गरेको लगातार प्रयासका कारणमात्रै अहिलेको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राख्न सम्भव भएको बताउनुभयो । उहाँले नयाँ ऐनमाएनआरएनहरुले नेपालमा गएर काम गर्न पाउने कि नपाउने भन्ने स्पष्ट नभएकाले यसबारे छलफल जारी रहेको जानकारी दिनुभयो ।
गोर्खा सरोकार समितिका संयोजक अनररी लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङले सुगौली सन्धिका आधारमा नै गोर्खा सैनिक बेलायत आएकालेनेपाललाई संसारभरि चिनाउने उनीहरुको नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने माग गर्नुभयो ।
एनआरएनए बेलायतका अध्यक्ष पुनम गुरुङले एनआरएन नागरिकताको विषय ५०–६० लाख गैरआवासीय नेपालीको सरोकार भएकोबताउंदै गैरआवासीय नेपालीको नागरिकताको निरन्तरताका लागि एनआरएन बेलायतले सरोकार पक्षसँग पैरवी गरिरहेको जानकारीदिनुभयो ।
—
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…