फोटो फाईल
तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्तवडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक बत्ती बलेको हो ।
नेपालीहरुको महान् पर्व बडादशैँको आठौँ दिन महाअष्टमीमा बत्ती बलेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् । बत्ती बाल्नेवर्षाैँदेखिको चाहना अहिले आएर पूरा भएको स्थानीय पार्वती शाहीले बताउनुभयो । “बिजुली बत्तीको आशमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना बल्ल पूरा भएको छ”, शाहीले भन्नुभयो, “त्यहीमाथि दशैँको बेला बत्ती बलेपछि गाउँ नै उज्यालो भयो ।”
स्थानीय मनिषा श्रेष्ठले मैनबत्ती र सोलारको भरमा बस्दै आएका स्थानीयवासीलाई बिजुली विस्तार भएपछि सहज हुने बताउनुभयो ।“बत्ती नहुँदा गाउँ अहिलेसम्म अँध्यारो थियो, अब त गाउँ नै उज्यालो भयो”, उहाँले भन्नुभयो, “बत्ती आएपछि अब धेरै कुरामा सजिलो हुनेभयो ।”
सोही वडाको नयाँटार, गड्यौलीटार, बन्टार, जगौली र खुङ्लिङमा पनि दशैँअगावै बत्ती बाल्ने तयारी भए पनि विद्युत् प्राधिकरणकाकर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि ढिलाइ भएको घिरिङ गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।“विद्युत् प्राधिकरणका केही कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि मिटर बक्स उपलब्ध हुन नसकेर बाँकी बस्तीमा बत्ती बल्न सकेन”, श्रेष्ठले भन्नुभयो, “ती बस्तीहरुमा दशैँ लगत्तै बत्ती बल्छ ।”
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना र उपाध्यक्ष सरस्वती सिग्देलले शनिबार उक्त गाउँमा बत्ती बालेर विद्युतीकरणको उद्घाटनगर्नुभयो । गाउँपालिकाका अध्यक्ष रानाले ‘उज्यालो घिरिङ’ अभियान पूरा हुने क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालेयहाँका ग्रामीण बस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिएको छ ।
गत हप्तामात्रै घिरिङ–४ को गलकोट र घिरिङ–५ को भाटडाँडाका ४५ घरधुरीमा बिजुली विस्तार भएको थियो । घिरिङ विद्युतीकरणउपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाका अब करिब ५०० घरमा मात्रै विद्युतीकरण गर्न बाँकी छ । बाँकी रहेकाघरहरुमा तिहारअगावै बत्ती बाल्ने तयारी छ ।
उपभोक्ता समितिले विगत एक महिनाको अवधिमा अत्रौली, पुट्टार, माहोरकोट लगायतका ठाउँमा पनि विद्युतीकरण सम्पन्न गरेको थियो। कोरोना कहरकै बीचमा पनि विद्युतीकरणको अभियानलाई सञ्चालन गरिएको थापाले बताउनुभयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…