शान्ति सुरक्षा र अपराध नियन्त्रणमा मुख्य भुमिका: प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठ ।

थम्मन थापा , बागलुङ , असाेज ९ ।  बागलुङ उद्योग बाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका नव नियुक्त प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठलाई एक कार्यक्रम गरि स्वागत गरेको छ ।

नव नियुक्त जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठले प्रहरीकाे भन्दा देशमा राम्रो नेटवर्क ब्यापारीकाे भएको नेपालकाे पहिलो भएको बताए ।प्रहरी नपुग्ने ठाउँमा पनि ब्यापार गर्ने ब्यापारी भएको हुदा प्रहरीकाे भन्दा बढी नेटवर्क भएको संस्था ब्यबसायी भएको हुदा प्रहरीलाइ सहयोग गर्न श्रेष्ठले अाग्रह गरेका थिए  । शान्ति सुरक्षा र अपराध नियन्त्रणकाे लागि प्रहरीकाे सक्रियतामा कुनै कमि अाउन नदिने प्रहरी प्रमुख श्रेष्ठले बताए । असफलता बिचबाटै सफलता खाेज्ने भएको हुदा जस्तोसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने श्रेष्ठले बताए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले ब्यबसायी र प्रहरी बिच सहकार्य गरेर अगाडि बढेकाे खण्डमा दुबै पक्षयलाइ फाइदा पुग्ने बताए । बागलुङ बजारको शान्ति सुरक्षाको लागि बागलुङ नगरपालिका संग सहकार्य गरि सिसि क्यामेरा जडान गर्ने भए पनि अहिले नगरपालिका संग सहकार्य गर्न नसक्दा समस्या भएको अध्यक्ष राजभण्डारीले बताए  । बागलुङ जिल्ला लाई राम्रो बनाउन प्रहरी प्रशासनलाई सहयोग गर्न सधैं तयार रहेको अध्यक्ष राजभण्डारीले बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ , नेपाल उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष जयराम भारी , महिला उद्घमी संघका अध्यक्ष भगवती केसी लगायतका बक्ताहरूले प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत गर्दै काेराेना भाइरसले सबै क्षेत्रमा प्रभाव पारेको हुदा यसबाट मुक्त हुन सबैले भुमिका खेल्न जरुरी रहेको धारणा राखेका थिए । बक्ताहरूले  जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैले सकारात्मक भुमिका खेल्न जरुरी रहेको प्रहरी प्रशासनलाई सहयोग गर्न तयार भएको धारणा  राखेका थिए । कार्यक्रमकाे अध्यक्षता बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्माले धन्यवाद ज्ञापन  र संचालन महासचिव नरेश कडेलले गरेका थिए ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago