थम्मन थापा , बागलुङ , असाेज ९ । बागलुङ उद्योग बाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका नव नियुक्त प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठलाई एक कार्यक्रम गरि स्वागत गरेको छ ।
नव नियुक्त जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठले प्रहरीकाे भन्दा देशमा राम्रो नेटवर्क ब्यापारीकाे भएको नेपालकाे पहिलो भएको बताए ।प्रहरी नपुग्ने ठाउँमा पनि ब्यापार गर्ने ब्यापारी भएको हुदा प्रहरीकाे भन्दा बढी नेटवर्क भएको संस्था ब्यबसायी भएको हुदा प्रहरीलाइ सहयोग गर्न श्रेष्ठले अाग्रह गरेका थिए । शान्ति सुरक्षा र अपराध नियन्त्रणकाे लागि प्रहरीकाे सक्रियतामा कुनै कमि अाउन नदिने प्रहरी प्रमुख श्रेष्ठले बताए । असफलता बिचबाटै सफलता खाेज्ने भएको हुदा जस्तोसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने श्रेष्ठले बताए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले ब्यबसायी र प्रहरी बिच सहकार्य गरेर अगाडि बढेकाे खण्डमा दुबै पक्षयलाइ फाइदा पुग्ने बताए । बागलुङ बजारको शान्ति सुरक्षाको लागि बागलुङ नगरपालिका संग सहकार्य गरि सिसि क्यामेरा जडान गर्ने भए पनि अहिले नगरपालिका संग सहकार्य गर्न नसक्दा समस्या भएको अध्यक्ष राजभण्डारीले बताए । बागलुङ जिल्ला लाई राम्रो बनाउन प्रहरी प्रशासनलाई सहयोग गर्न सधैं तयार रहेको अध्यक्ष राजभण्डारीले बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ , नेपाल उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष जयराम भारी , महिला उद्घमी संघका अध्यक्ष भगवती केसी लगायतका बक्ताहरूले प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत गर्दै काेराेना भाइरसले सबै क्षेत्रमा प्रभाव पारेको हुदा यसबाट मुक्त हुन सबैले भुमिका खेल्न जरुरी रहेको धारणा राखेका थिए । बक्ताहरूले जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैले सकारात्मक भुमिका खेल्न जरुरी रहेको प्रहरी प्रशासनलाई सहयोग गर्न तयार भएको धारणा राखेका थिए । कार्यक्रमकाे अध्यक्षता बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्माले धन्यवाद ज्ञापन र संचालन महासचिव नरेश कडेलले गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…