बासु रोटरी भोकेशनल सुशासन अवार्ड शिवाकोटीलाई ।

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ । 

फाईल फोटो

सुशासनका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशिको अवार्ड यस बर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भए अनुसार शिवाकोटी सहित आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिने भएको रोटरीले जनाएको हो । 

पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्दै यस बर्षको अवार्ड प्रदान गरिने रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरण लाल श्रेष्ठले जानकारी दिए । यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई-दुई बर्षमा प्रदान गरिने श्रेष्ठले जानकारी दिए । 

अवार्ड इञ्जीनियर रोटेरियन सुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन् । जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन् । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गदै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशबाट एक एक जना गरी ७ जना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । यसरी पुरस्कृत हुनेहरुमा विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केर्नी न्युज) कैलाली छन् । 

त्यसैगरि विभिन्न ५ विधामा निरन्तर कलम चलाउने ५ जना पत्रकारहरुलाई ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२०बाट पुरस्कृत गरिएको छ । यस अवार्डबाट पुरस्कृत हुनेहरुमा आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौ, शिक्षा पत्रकारिता तर्फ दिपेन्द्र प्रसाद सिंह (न्यूज कारोवार डट कम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रवाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौ र महिला संचारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौं रहेका छन् । उक्त पुरस्कारको राशि जनही रु. २५ हजार रहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago