पछिल्लो २४ घण्टाको बाढी पहिरो अपडेट १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द ।

काठमाण्डौ ।  बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा देशभर १३ जनाको ज्यान गएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ मा पहिरोले घर पुरिँदा एकै परिवारका आठ जनासहित नौ जनाको ज्यान गएको छ । एक जनाको भने उद्धार गरिएको छ ।

फाईल फोटो

बिहीबार बिहान माया नेपालीको घरमा पहिरो खस्दा उहाँसहित नौ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी विनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको ज्यान गएको हो ।   

स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतम टोलमा पहिरोले घर भत्काउँदा बाबुराम दमाईका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ । 

यसैबीच बाग्लुङको काठेखोला गाउँपालिका–२ को भीमापोखरामा गोठ भत्किँदा बुधबार बेपत्ता भएका टेकबहादुर खातीको शव बिहीबार भेटिएको छ । 

कपिलवस्तुको कोइली खोलाले बगाउँदा बेपत्ता भएकामध्ये अर्घाखाँचीका केशव भाट क्षेत्रीको शव भेटिएको छ । यस्तै पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा तीन घर पहिरोले बगाउँदा मोतिसरा गाहाको ज्यान गएको छ । हुमबहादुर गाहाको पाँच जनाको परिवार हराइरहेका छन् । 

ठाउँ–ठाउँमा सडक बन्द 

वर्षाका कारण देशका विभिन्न ठाउँका सडक खण्ड बन्द भएका छन् । लमजुङको राइनास नगरपालिका ८ को गौरीटारमा पहिरो खस्दा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड बन्द भएको छ । यस्तै पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेँसीलगायत २० भन्दा धेरै ठाउँमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो ।

यस्तै तनहुँको भीमाद नगरपालिका २ का खडानन्द सिग्देलको गोठ भत्किँदा गोठमा रहेका वस्तु मरेका छन् । यस्तै वर्षाका कारण स्काईको नेटवर्कले काम नगर्दा रुकुम (पूर्व) को पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिक सञ्चारविहीन बनेका छन् ।

बाढी पहिरोको उच्च जोखिम

पूर्वदेखि पश्चिमसम्म सोमबारदेखि निरन्तर पानी परिरहेकोले बाढी पहिरोको उच्च   सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । एक÷दुई दिन अझै पानी पर्ने सम्भावना रहेकोले बाढी पहिरोको जोखिम कायमै रहेकोले विशेष सावधानी अपनाउन शाखाको आग्रह छ । 

बुटवल तिनाउ नदीको जलमापन केन्द्रमा पानीको सतहले खतराको तह पार गरेको र तह बढ्ने क्रममा रहेको शाखाले जनाएको छ । तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँहरुमा उच्च सतर्कता अपनाउन शाखााको आग्रह छ ।

अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको शाखाले जनाएको छ । 

सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ ।  

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago