पछिल्लो २४ घण्टाको बाढी पहिरो अपडेट १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द ।

काठमाण्डौ ।  बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा देशभर १३ जनाको ज्यान गएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ मा पहिरोले घर पुरिँदा एकै परिवारका आठ जनासहित नौ जनाको ज्यान गएको छ । एक जनाको भने उद्धार गरिएको छ ।

फाईल फोटो

बिहीबार बिहान माया नेपालीको घरमा पहिरो खस्दा उहाँसहित नौ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी विनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको ज्यान गएको हो ।   

स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतम टोलमा पहिरोले घर भत्काउँदा बाबुराम दमाईका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ । 

यसैबीच बाग्लुङको काठेखोला गाउँपालिका–२ को भीमापोखरामा गोठ भत्किँदा बुधबार बेपत्ता भएका टेकबहादुर खातीको शव बिहीबार भेटिएको छ । 

कपिलवस्तुको कोइली खोलाले बगाउँदा बेपत्ता भएकामध्ये अर्घाखाँचीका केशव भाट क्षेत्रीको शव भेटिएको छ । यस्तै पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा तीन घर पहिरोले बगाउँदा मोतिसरा गाहाको ज्यान गएको छ । हुमबहादुर गाहाको पाँच जनाको परिवार हराइरहेका छन् । 

ठाउँ–ठाउँमा सडक बन्द 

वर्षाका कारण देशका विभिन्न ठाउँका सडक खण्ड बन्द भएका छन् । लमजुङको राइनास नगरपालिका ८ को गौरीटारमा पहिरो खस्दा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड बन्द भएको छ । यस्तै पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेँसीलगायत २० भन्दा धेरै ठाउँमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो ।

यस्तै तनहुँको भीमाद नगरपालिका २ का खडानन्द सिग्देलको गोठ भत्किँदा गोठमा रहेका वस्तु मरेका छन् । यस्तै वर्षाका कारण स्काईको नेटवर्कले काम नगर्दा रुकुम (पूर्व) को पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिक सञ्चारविहीन बनेका छन् ।

बाढी पहिरोको उच्च जोखिम

पूर्वदेखि पश्चिमसम्म सोमबारदेखि निरन्तर पानी परिरहेकोले बाढी पहिरोको उच्च   सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । एक÷दुई दिन अझै पानी पर्ने सम्भावना रहेकोले बाढी पहिरोको जोखिम कायमै रहेकोले विशेष सावधानी अपनाउन शाखाको आग्रह छ । 

बुटवल तिनाउ नदीको जलमापन केन्द्रमा पानीको सतहले खतराको तह पार गरेको र तह बढ्ने क्रममा रहेको शाखाले जनाएको छ । तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँहरुमा उच्च सतर्कता अपनाउन शाखााको आग्रह छ ।

अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको शाखाले जनाएको छ । 

सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago