सन्ताेष गहतराज ,पाल्पा । तानसेन नगरपालिका पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि उनिसंग सम्पर्कमा आएका सहित समुदायस्तरमा परिक्षणलाई स्वाब संकलन गरिएका ३ सय ३५ जना कै रिपोर्ट नेगेटिभ अाएकाे छ । विशाल बजारमा रहेका एक महिलामा साउन २८ गते कोरोना संक्रमण देखापरेपछि २९ गते देखि शिल गरिएको आसपासका क्षेत्रका एक घर एक व्यक्तिको स्वाब संकलन गरिएको थियाे ।
यस अगाडी वैदेशिक रोजगारीबाट फर्किएका , क्वारेन्टाइनमा बसेका र अस्पतालमा उपचार गराउन पुगेकाहरुमा मात्र संक्रमण देखिएको थियो ।
तानसेन नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा संक्रमित महिलासंग सम्र्पकमा आएका १२ जना र समुदायका ३ सय २३ गरी ३३५ जनाको स्वाब संकलन गरिएको थियाे । तिन वटा बुथ मार्फत पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मी सहितको टोलीले स्वाब संकलन गरेको थियाे ।
समुदायस्तरमा फैलिएको छ वा छैन भनी नमूनाको रुपमा परिक्षण गरिरहेकोमा परिक्षणका लागि स्वाब पठाइएका ३ सय ३५ जनाकाे नै काेराेना रिपोर्ट नेगेटिभ अाएकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पा निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनु भयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…