जिल्लामा धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका हुन् । पहिला बाढीपहिरोका कारण रोपाइँ भएको खेतमा पानीको चाप बढेर खेतमै धान सुकेपछि जिल्लाका किसानले दोस्रोपटक धान रोपेका थिए ।
बाढी र बर्सातले धान खेतमा गलेपछि धानको बीउको चरम अभावका कारण धानको बीउ नपाएर कतिपय किसानले दोस्रोपटक खेत रोपाइँसमेत गर्न पाएका थिएनन् भने पछिल्लो समयमा धान पहेँलो भएर सुक्न थालेपछि किसानलाई थप चिन्तित बनाएको छ । धान रोपाइँको समयमा रासायनिक मल खादको चरम अभाव थियो ।
जसोतसो ऋण लिएर भए पनि धान रोपेका जिल्लाका किसान धानमा अचानक अज्ञात रोग देखा पर्न थालेपछि थप मारमा परेका छन् । धान पहेँलो भएर खेतमै सुक्न थालेको गोडैता नगरपालिकाका किसान जोगी मुखियाले गुनासो गर्नुभयो । धान किरा खाने तथा पहेँलो भएर सुक्न थालेपछि रातको निद्रासमेत हराएको अर्का किसान रामएकवाल महतोले गुनासो गर्नुभएको छ । “हाम्रो परिवार नै कृषि पेशामा आश्रित छ ।
कृषि पेशा नै सङ्कटमा परेपछि परिवार कसरी चलाउने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ”, महतोले भन्नुभयो । केन्द्र तथा स्थानीय सरकारले किसानलाई बेवास्ता गरेका कारण आफूहरु मारमा परेको किसानको गुनासो छ ।
कृषि क्षेत्रलाई वैज्ञानिक पद्वतिमा परिणत गरी किसानलाई कृषि औजार, मलखाद, बीउबिजन, सिँचाइ तथा विभिन्न किसिमका कृषि प्याकेजमा राहत र अनुदानको व्यवस्था गर्न सके मात्र देशमा भएको व्यापक गरिबी, भोकमरी तथा बेरोजगारी कम गरी देशका नागरिकलाई समृद्ध र सक्षम बनाउन सकिन्छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…