आर्थिक अवस्थाका कारण १० वर्षिय वालकको आँखा उपचारमा समस्या – सहयोगको अपिल

दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. ५ का १० बर्षिया बालकको आँखामा समस्या हुदाँ आँखाको नानि बाहिर निस्केको छ । गएको चैत्र महिनामा एकासी बालकको आँखा चिलायो |

आँखा चिलाए पछि आखाँमा चिसो पसेर आँखा चिलाएको हुन सक्ने ठानेर घर परिवारले त्यति ध्यान दिएनन | दिन बित्दै जाँदा आँखा सन्चो हुनुको साटो झनै आँखा सुन्नियो | गाउँमै धामीझाक्रिको भरमा ४-५ महिना बितिसकेको थियो | गाउँमा केही नलागे पछि आर्थिक अवस्था न्युन भएका परिवारमा छट्पटी सुरु भयो ।

दाँया आखाँको माथिको भाग सुनियर बाहिर निस्केको ६ महिना सम्म पनि आँखाको उपचार हुन सकेको छैन् । आँखाको उपचारको लागि परिवारले आफुसँग भएको सबै खर्च गरिसकेका छन्। आँखाकै उपचारको लागि सुर्खेत, नेपाल्गञ्ज, काठ्माण्डौका ठुला अस्पतालमा समेत छोरालाई लागिसके पनि पैसा कै कारण छोराको दायाँ आँखाको अप्रेसन गर्ने नसकिएको १० बर्ष भुवन खत्रीकी आमा पबित्रा खत्रिले बताइन् ।

आँखाको उपचारमा लागी रहँदा आँखामा मासु पलाएर समस्या भएको र आँखाको अप्रेसन गनुपर्ने अस्पतालले जनाएको छ ।

उता भुवनका बुवाको झनै अप्ठ्यारो अवस्था रहेको छ । उनि कामको सिलसिलामा भारत सिमलामा काम गर्दैगर्दा लडेर ढाड भाच्यिएको छ । ढाडको उपचारको लागि मात्र करिब ४ लाख खर्च भई सकेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

कक्षा ५ मा पढ्ने खत्रिको आँखा उपचारको लागि दुल्लु नगरपालिका वडा नं ५ ले २ पटक गरी करीव ४५ हजार रुपैँया खर्च गरेको छ ।

२ पटक उपचार गर्दा घर परिवारको र वडाको पैसाले सम्भव नभए पछी उनि दुल्लु नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सबैले आँखाको उपचारको लागि करीव ५० हजार रुपैँया उठाएर उनको उपचारको लागि काठमाण्डौँ सम्म जानको लागि एम्बुलेन्स र आवश्यक सहयोगको लागि सिफारीस गरीएको दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले बताए ।

पिडाले छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लब अफ दुल्लुले नगद २५ हजार सहयोग गरेको छ । नेपालगंज स्थित फत्तेवाल आँखा अस्पतालले उनलाई आँखाको ट्यूमर हुन सक्ने भएकोले काठ्माण्डौ रिफर गर्‍यो ।

१० वर्षिय वालकको यस्तो दयनीय अवस्था देखेपछि लायन्स क्लब अफ दूल्लुले सानो सहयोगले काठ्माण्डौ जानको लागि सहज होस भन्ने उद्देश्यले सहयोग गरेका क्लवका प्रथम उपाध्यक्ष कपिल खनालले जानकारी दिएका छन् ।

उनको उपचारको लागि दैलेखी सेवा समाजले साथ दिएको छ । उनलाई सहयोग गर्ने चाहाने जो सुकैले दैलेखी सेवा समाजका अध्यक्ष प्रताव शाहीको मोवाइल नं. ९४९८६५३१४ र धर्वेन्द्र शाहीको मोबाइल नं. ९८४१४१९६० मा सम्पर्क गर्न सकिने जनाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago