सन्ताेष गहतराज ,पाल्पा ,घरबार बिहिन भएका तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा स्थित बाँझाका कान्छा दाई भनिने विर्ख बहादुर थापा गाउँका खुल्ला अाकाश मुनि बस्न बाध्य थिए उनी कहिले अरूकाे घरमा बस्थे, कहिले पाटी पाेवा तथा कहिले खुला आकाश मुनि बस्ने गर्थे यसै सन्दर्भमा अहिले साेही स्थानका युवाहरु एक जुट भइ कान्छा दाईकाे चिटिक्कको घर बनाईदिएका छन ।
युवाहरू मिलेर समाज परिवर्तनमा लागेमा असम्भव भन्ने केही छैन भन्ने उदाहरण बनेका छन यी युवाहरू काेराेनाकाे प्रभाव सँगै अहिले सबै युवाहरू गाउँमा अाएका बेला गाउँका युवाहरु एक जुट भई दुई कोठाको घर बनाई दिएका हुन । कान्छा दाइ भनिने विर्ख बहादुर अहिले ४० बर्ष भए उनकाे नत श्रीमती नै छन नत छाेरा छाेरी नै छन । थाेरै जग्गा छ खेती किसानी गरेर जिविकाे पार्जन गरेर जीवन यापन गर्न पनि उनी अपांग हुन उनकाे बाँया खुट्टा नचल्ने र सुस्त मनस्थीति भएका कान्छा दाईको दुखलाई सुखमा बदल्न गाउँका २२ जना युवाको सहयोगमा घर निर्माण गरिएको हो ।
गाउँका समाजसेवि छवि थापाको नेतृत्वमा गाउँका युवाहरु मिलेर घर बनाइदिएका हुन । गाउँमा कान्छा दाई भनेर चिनिने विर्ख बहादुर आफ्नो बास स्थान नहुँदा पाटी पौवा,स्थानियको पिडी,गोठका साथै खुल्ला चौउरमा दिन रात कटाउन बाध्य भएका थिए ।
गाउँका युवाहरुले कसैले काठ,ढुङगाका साथै निर्माणमा सहयोग गरेका छन । गाउँका दाजुभाईले घर बनाइ दिएपछि विर्ख बहादुर भनेर चिनिने कान्छा दाई खुशी हुनुभएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…