बन्दिपाेखराका कान्छा दाइ युवाहरूले घर बनाइदिए पछि खुशी

सन्ताेष गहतराज ,पाल्पा ,घरबार बिहिन भएका तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा स्थित बाँझाका कान्छा दाई भनिने विर्ख बहादुर थापा गाउँका खुल्ला अाकाश मुनि बस्न बाध्य थिए उनी कहिले अरूकाे घरमा बस्थे, कहिले पाटी पाेवा तथा कहिले खुला आकाश मुनि बस्ने गर्थे यसै सन्दर्भमा अहिले साेही स्थानका युवाहरु एक जुट भइ कान्छा दाईकाे चिटिक्कको घर बनाईदिएका छन ।

युवाहरू मिलेर समाज परिवर्तनमा लागेमा असम्भव भन्ने केही छैन भन्ने उदाहरण बनेका छन यी युवाहरू काेराेनाकाे प्रभाव सँगै अहिले सबै युवाहरू गाउँमा अाएका बेला गाउँका युवाहरु एक जुट भई दुई कोठाको घर बनाई दिएका हुन । कान्छा दाइ भनिने विर्ख बहादुर अहिले ४० बर्ष भए उनकाे नत श्रीमती नै छन नत छाेरा छाेरी नै छन । थाेरै जग्गा छ खेती किसानी गरेर जिविकाे पार्जन गरेर जीवन यापन गर्न पनि उनी अपांग हुन उनकाे बाँया खुट्टा नचल्ने र सुस्त मनस्थीति भएका कान्छा दाईको दुखलाई सुखमा बदल्न गाउँका २२ जना युवाको सहयोगमा घर निर्माण गरिएको हो ।

गाउँका समाजसेवि छवि थापाको नेतृत्वमा गाउँका युवाहरु मिलेर घर बनाइदिएका हुन । गाउँमा कान्छा दाई भनेर चिनिने विर्ख बहादुर आफ्नो बास स्थान नहुँदा पाटी पौवा,स्थानियको पिडी,गोठका साथै खुल्ला चौउरमा दिन रात कटाउन बाध्य भएका थिए ।
गाउँका युवाहरुले कसैले काठ,ढुङगाका साथै निर्माणमा सहयोग गरेका छन । गाउँका दाजुभाईले घर बनाइ दिएपछि विर्ख बहादुर भनेर चिनिने कान्छा दाई खुशी हुनुभएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago